• २०८१ बैशाख ५ बुधबार

सप्तरीमा चिसोबाट थप एकको मृत्यु, अहिलेसम्म २४ जनाले गुमाए ज्यान

kharibot

राजविराज ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ । 

स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ । 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा चिसाबाट मृत्यु हुने २४ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले भने हालसम्म मृत्यु हुने १२ जना मात्र पुष्टि गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै