नाट्टाको अध्यक्षमा सिएन पाण्डे विजयी

खरीबोट
ad

काठमाडौँ  । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । 

नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गरेका हुन्  । कूल ४२० मत खसेकामा पाण्डेले २१२ र शर्माले २०६ मत प्राप्त गर्नुभएको थियो । चार सय ६७ मतदाता रहेको नाट्टामा ४२० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । 

यस्तै प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् । 

यस्तै सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए । 

पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् । 

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसका अवसरमा नाट्टाका विविध कार्यक्रम

काठमाडौँ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको

नाट्टाको अध्यक्षमा सिएन पाण्डे विजयी

काठमाडौँ  । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् ।  नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई

नाट्टाको नेतृत्वका लागि रस्साकसी सुरु, उम्मेदवारी घोषणा हुदै

काठमाडौँ ।  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को ५१औँ साधारणसभा नजिकिएसँगै पर्यटन व्यवसायीले नेतृत्वका लागि आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  यही पुस २८ गते हुने अधिवेशनमा नाट्टालाई व्यवसायीको साझा संस्थाका


z