स्वयम्भू ज्ञानमाला भजन घरमा भएको आगलागीमा ३० लाख क्षति

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । 

भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए । 

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुग्नुभएको थियो । घटनामा मानवीय क्षति भएको छैन । 

सम्बन्धित समाचार

मोरङमा आगलागीबाट छ लाखको क्षति

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाखबराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो

बाराको सुपर ल्यामीकोट उद्योगमा आगलागी, करोडौंको क्षति

बारा। बाराको सुपर ल्यामीकोट उद्योगमा शुक्रवार साँझ आगलागी भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुर स्थित सो उद्योगमा विद्युत् सर्ट सर्किटका कारण अबेर साँझ आगलागी भएका हो । साँझ

आगलागीमा परी सात जना घाइते

काठमाडौं । मंगलबार बिहान काठमाडौंको ज्याठामा भएको आगलागीमा सात जना घाइते भएका छन् । बिहान ४ बजे स्थानीय सुमन स्थापितको भुइँतलामा ट्रेकिङका लागि प्रयोग हुने अक्सिजनका करिब ८० बढी सिलिण्डरमध्ये

इलाममा आगलागीबाट दुई करोड बराबरको क्षति

इलाम । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रू. २ करोडको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा


z