नवलपरासीमा बाघको गणना शुरु

खरीबोट
ad

नवलपरासी ।  नवलपरासी – (बर्दघाट सुस्ता ) पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । 

क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ । 

नवलपरासीको गँैडाकोटमा रहेको थुम्सी, कावासोतीको पिठौली, मध्यबिन्दुको तमासपुर र चोरमारा, विनयीत्रिवेणीको दुम्कीवासमा गरी पाँच स्थानमा प्राविधिक टोलीक्यामेरा ट्रयापिङका लागि खटिएका छन् । 

प्राविधिकसहितको टोलीले क्यामेरा ट्रयापिङमार्फत गणनाको कार्य अघि बढाइएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डेले जानकारी दिनुभयो । 

निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनका ७० ठाउँमा गरी कम्तीमा ७० वटा क्यामेरा जडान कार्य अघि बढाइएको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहा चितवनका जैविक विविधता संरक्षण केन्द्रका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले बताउनुभयो । साथै आवश्यक पर्ने स्थानमा हात्तीको समेत सहयोगमा काम गरिँदै छ । 

नवलपरासीका निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रसँगै सामुदायिक वनमा पनि बाघको गणना एकैसाथ गरिने छ । नवलपरासीको सामुदायिक वनमा गत वर्ष बाघको आक्रमणबाट सात जनाले ज्यान गुमाएका थिए भने केही मानिस घाइतेसमेत भएका थिए । 

सामुदायिक वनमा बाघको वासस्थान नै छ या अन्यत्रबाट आउने गरेका छन् भन्ने पत्ता लगाएर सम्भावित घटनाबाट बच्नका लागि सामुदायिक वनमा बाघको गणना गर्न लागिएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य पाण्डेले बताए । 

सम्बन्धित समाचार

बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती

बाँके। बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै बाघ संरक्षणमा चुनौती

हरिभवनको पुनः निर्माण गर्न समस्या छैन : प्रमुख शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

बाघको संख्या घटेपछि राष्ट्रिय निकुञ्जको अध्ययन गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका

विश्व वन्यजन्तु कोषले भन्यो–बाघ संरक्षणमा विश्वले नेपालबाट पाठ सिक्नुपर्छ

काठमाडौँ। “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ उपाध्यक्ष


z