औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

खरीबोट
ad

जाजरकोट ।  यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ । 

पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत ल्याइएको छ । 

जाजरकोटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ । 

सम्बन्धित समाचार

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक

अरिङ्गालले टोकेर मृत्यु

जाजरकोट। भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो

जाजरकोटमा स्वास्थ्य संस्थामा औषधि अभाव

जाजरकोट / यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।  जिल्लाका दुर्गम

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

जाजरकोट । ऐतिहासिक जाजरकोट दरबार जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार जीर्ण बन्दै गएको हो । राजा हरि शाहले निर्माण


z