५० बर्ष भयो, जग्गाको लालपुर्जा छ तर स्वामित्व छैन

खरीबोट
ad

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया बासिले बसोबास गरेको ५० बर्ष बिति सक्दा पनि आफ्ना घर टहराको स्वामित्व पाउँन सकेका छैनन् ।

सरकार परिवर्तनसँगै गठन हुँने सुकुम्वासी समस्या समाधान आयोगले कहिले  लालपुर्जा वितरण गर्ने त कहिले सोही पुर्जा रद्द गर्ने प्रवृतिले उनीहरु जग्गाको स्वामित्वबाट बंचित भएका हुँन् ।

लाखौंको लगानीमा निर्मित भवन र विकशित हुँदै गएको पथलैयामा ७ सय २६ घरधुरी परिवारले बसोबास गर्दै आएका छन् ।

पुर्व पश्चिम राजमार्गको निर्माणसँगै २०२१ साल देखि सडकका दुबै किनारामा होटल व्यावसाय सञ्चालन गर्दै आएका उनीहरु २०५५ सालमा सुकुम्बासी समस्या सामधान आयोगले वितरण गरेको जग्गा धनी पुर्जा र २०६७ सालमा आयोगले माँग गरेको प्रमाण पु¥याई हाल सम्मको १८ लाख ५२ हजार ४ सय १६ रुपैयाँ राजश्व समेत दाखिला गरिसकेका छन् । 

हातमा लालपुर्जा छ , स्वामित्व छैन् । करोडौं लगानीका संरचना भएर पनि कुँनै वित्तिय सस्थासँग कारोबार गर्न नपाउँदा याहाँका सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या परेको छ । 

त्यस्तै राज्यले पनि बर्सेनी लाखौंको राजश्व गुमाउँनु परेको स्थानीय प्रकाश लम्सालले बताए । 

१५ बर्ष अगाडी लालपुर्जा हात पारेर पनि साना तिना विवादले अख्तियार सम्म धाउँन परेको र स्वामित्व कायमका लागि सडक आन्दोलन सम्म गरेको स्मरण गराउँदै अब स्थानीय जनप्रतिनिधीले पहल गरिदिए पुर्जाको स्वामित्व पाउँन सकिने स्थानीय समाजसेवी रामदास ध्यौजु बताउँछन् । 

अख्तियारका कारण लालपुर्जा भएरपनि स्वामित्व नपाएको कुरा बुझिएको छ , यसलाई अगाडी बढाउँनका निम्ति आँफु लागी परेको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बताए । 

वर्षौं देखि पुर्जा बाँड्ने र स्वामित्व दिलाउँने आस्वासनले नेताहरुलाई भोट बैंकको थलो बनेको पथलैया स्थानीय प्रतिनिधिहरु आए पछि पुर्जाको स्वामित्व पाउँनेमा आशावादी देखिएका छन् । 
 

सम्बन्धित समाचार

झिझिया गीतको गुन्जसँगै तराईमा नृत्यको रौनक

बारा। तराईका जिल्लामा वडो धुमधामका साथ मनाइँने झिझिया नाँच यति खेर मध्य तराई मधेशको वातावरण नैं उल्लासमय भएको छ । बिभिन्न सांस्कृतिक पर्वले धनी तराईका जिल्लाहरुमा झिझियाको ऐतिहासिक महत्व वडो

कृषिमा आधुनिकिकरण नभएसम्म कृषक आत्मनिर्भर हुँदैन : मन्त्री साह

काठमाडौँ। प्रदेश नम्बर २ का भुमि , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले कृषिमा आधुनिकिकरण नभए सम्म कृषक आत्मनिर्भर नहुने बताएका छन् ।  बाराको तेतरीयामा साना किसान कृषि सहकारी संस्थाको ८

बाराको सुपर ल्यामीकोट उद्योगमा आगलागी, करोडौंको क्षति

बारा। बाराको सुपर ल्यामीकोट उद्योगमा शुक्रवार साँझ आगलागी भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुर स्थित सो उद्योगमा विद्युत् सर्ट सर्किटका कारण अबेर साँझ आगलागी भएका हो । साँझ

डीडीसीको दुध बोक्ने गाडीमा रक्सी !

बारा । इलाका प्रहरी कार्यालय जीतपुरले दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । जीतपुरका प्रहरी नायब निरीक्षक रामउदयराज शर्माको नेतृत्वमा खटिएको टोलीले बिहीबार बिहान चेकजाँचका क्रममा डीडीसी


z