• २०८१ बैशाख ६ बिहीबार

पोखरालाई खेलकुद केन्द्रको रुपमा विकास गर्नु आफ्नो पहिलो एजेन्डा - युवा संघ अध्यक्ष पहारी   

kharibot

पोखरा । नेकपा एमालेका युवा नेता, युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सभाका सांसद राजिव पहारीले नेपालको रमणीय स्थल पोखरालाई खेलकुदमा विकास गर्नु आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।

आज १२ औं दक्षिण एसियाली सेभेन ए साईड फुटबल प्रतियोगिताको आयोजनाका क्रममा वोल्दै देश विकासको मुख्य कार्य मध्ये खेलकुद पनि अभिन्न अंग भएको बताउँदै खेलकुद भनेको एउटा स्वास्थ्यको दृष्टिकोणले मात्र राम्रो नभई देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउने एक अभिन्न अंग भएको बताएका छन् ।

माछापुच्छ्रे हिमालको काखमा रहेको तथा फेवातालको मुखैमा रहेको पोखरा नेपालको मुख्य तथा आकर्षक पर्यटकिय स्थाल भएको र यसलाई अझ वढी पर्यटकिय तथा सुविधासम्पन्न बनाउनु आफु अहोरात्र खटिरहने बताएका छन् । पोखरामा रहेको सम्पूर्ण खेलकुदका मैदानहरु विश्वमा सायदै कुनै पनि मुलुकमा नरहेको बताउँदै यहाँ रहेका खेलकुद ग्राउण्डहरुलाई विकसित तथा परिकृत गर्दै जानुपर्नेमा आफ्नो जोड रहेको बताएका छन् । 

चार नं. प्रदेशको राजधानीको रुपमा रहेको पोखरा आर्थिक, सामाजिक, पर्यटकिय, वातावरणीय तथा सास्कृतिक रुपमा विश्व सामु परिचित रहेको र आगामि दिनमा यसलाई अझ वढी विकसित गराई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटक भित्र्याउने तथा खेलकुदका कार्यक्रमहरु संचालन गर्दै जानुपर्नेमा जोड दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै