• २०८१ बैशाख ७ शुक्रबार

मनाङलाई हराउदै नेपाली सेना खप्तड गोल्डकप फुटबलको फाइनलमा

kharibot

फाइल तस्बिर

कैलाली । नेपाली सेना खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कैलालीको धनगढीमा शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै सेनाको टिम फाइनलमा पुगेको हो । 

आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोस तामाङले १ – १ गोल गरे भने मनाङका लागि एकमात्र गोल हेमन गुरुङले गरेका थिए । 

आर्मीले उपाधिका लागि आइतबार हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै