• २०८१ बैशाख ६ बिहीबार

कोन्टिन्होलाई भित्राएपछि बार्सिलोनाले बेच्यो मिडफिल्डर 

kharibot

काठमाडौँ । स्पेनिश क्लब बार्सिलोनाले आफ्ना टर्किस मिडफिल्डर अर्डा टुरानलाई टर्कीको इस्तानबुल बासकसहिरलाई लोनमा बेचेको छ ।

बार्सिलोनाले टुरानलाई साढे दुई बर्षका लागि लोनमा बेचेको जनाएको छ ।

फिलिप कोन्टिन्होलाई भित्राएपछि बार्सिलोनाले ८ खेलाडीलाई पनि बेच्ने तयारी गरेको रिपोर्ट अघिल्लो साता बाहिरिएको थियो । यसै क्रममा बार्सिलोनाले टुरानलाई बेचेको हो ।

बार्सिलोनाले आफ्ना खेलाडी  एलेइक्स भिडाल, गेरार्ड डीउलोफ्यु, पाको अल्कासर, जोसे अर्नैज, एनड्रे गोमेज, डेनिस स्वरेज र जाभियर मस्चेरानोलाई बेच्ने तयारी गरेको छ ।
३० बर्षिय टुरानले बार्सिलोनाका लागि ५५ खेल खेलेका छन् भने ऊनले १५ गोल गरेका छन् । २०१५ मा एथलेटिको म्याड्रिडबाट बार्सिलोना आएका टुरानले टर्कीको राष्ट्रिय टिमका लागि एक सय खेल खेलेका छन् ।

बार्सिलोनाका हालका म्यानेजर इर्नेस्टो भान्भेर्डेको कार्यकालमा टुरानले बार्सिलोनाका लागि खेल्ने मौका पाएका थिएनन् ।

टुरानको बार्सिलोनामा साढे दुइबर्षको कार्यकालमा क्लबले कुल ६ रफी जितेको थियो । जसमा एक लिग च्याम्पियनसिप, २ कोपा डेल रे, एक स्पेनिस सुपर कप, एक क्लब विश्वकप ए एक युरोपियन सुपर कप रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै