• २०८१ बैशाख ६ बिहीबार

बार्सिलोनाले डिफेन्डर यरी मिनालाई फ्यानका अगाडी प्रस्तुत गर्यो 

kharibot

काठमाडौ । स्पेनिस फुटबल महारथी बार्सिलोनाले यस सिजनमा भित्राएको दोस्रो खेलाडी यरी मिनासँग सम्झौता गर्दै आफ्ना फ्यानसँग प्रस्तुत गरेको छ । 

दोस्रो ठुलो रेकर्ड रकम तिरेर ब्राजिलियन फिलिप कोन्टिन्होलाई भित्राएको अर्को साता कोलम्बियन सेन्टर ब्याक यरी मिनालाई भित्राएको हो । शनिबार क्याम्प नाउमा मिनालाई बार्सिलोनाका फ्यानहरुका अगाडी प्रस्तुत गरेको हो ।

मिनाले बार्सिलोना आएर आफ्नो सपना पुरा भएको भन्दै मेसी, इनेष्टा, पिके जस्ता महान खेलाडीसँग आफुले धेरै कुरा सिक्ने बताएका छन् ।   

बार्सिलोनाले मिनालाई किनेको जानकारी दिदै साढे ५ बर्षका लागि उनि बार्सिलोना आएको जानकारी दिएको छ । २३ बर्षिय डिफेन्डर यसअघि मिना ब्राजिलियन क्लब पल्मेईरासमा खेल्ने गर्दथे ।

बार्सिलोनाले मिनालाई ११.८ मिलियन युरोमा भित्राएको बताइएको छ । सन् २०१६ मा कोलम्बियाको राष्ट्रिय टिममा डेभ्यु गरेका मिनाले कोलम्बियाका लागि ९ खेल खेल्दै ३ गोल गरेका छन्  ।

जाभियर मस्चेरानोले बार्सिलोना छोड्ने भएपछि उनको ठाउमा मिनालाई ल्याएको बताइएको छ । उनले बार्सिलोनाको डिफेन्समा जेरार्ड पिकेलाई सहयोग गर्ने बताइएको छ ।

बार्सिलोनाका अर्का डिफेन्डर सामुएल उम्टिटिपनि बार्सिलोना छोडेर म्यान्चेस्टर सिटी या युनाइटेड जाने तयारी गएकाले बार्सिलोन ले डिफेन्डर मिनालाई भित्राएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै