बार्सिलोनाले डिफेन्डर यरी मिनालाई फ्यानका अगाडी प्रस्तुत गर्यो 

खरीबोट

काठमाडौ । स्पेनिस फुटबल महारथी बार्सिलोनाले यस सिजनमा भित्राएको दोस्रो खेलाडी यरी मिनासँग सम्झौता गर्दै आफ्ना फ्यानसँग प्रस्तुत गरेको छ । 

दोस्रो ठुलो रेकर्ड रकम तिरेर ब्राजिलियन फिलिप कोन्टिन्होलाई भित्राएको अर्को साता कोलम्बियन सेन्टर ब्याक यरी मिनालाई भित्राएको हो । शनिबार क्याम्प नाउमा मिनालाई बार्सिलोनाका फ्यानहरुका अगाडी प्रस्तुत गरेको हो ।

मिनाले बार्सिलोना आएर आफ्नो सपना पुरा भएको भन्दै मेसी, इनेष्टा, पिके जस्ता महान खेलाडीसँग आफुले धेरै कुरा सिक्ने बताएका छन् ।   

बार्सिलोनाले मिनालाई किनेको जानकारी दिदै साढे ५ बर्षका लागि उनि बार्सिलोना आएको जानकारी दिएको छ । २३ बर्षिय डिफेन्डर यसअघि मिना ब्राजिलियन क्लब पल्मेईरासमा खेल्ने गर्दथे ।

बार्सिलोनाले मिनालाई ११.८ मिलियन युरोमा भित्राएको बताइएको छ । सन् २०१६ मा कोलम्बियाको राष्ट्रिय टिममा डेभ्यु गरेका मिनाले कोलम्बियाका लागि ९ खेल खेल्दै ३ गोल गरेका छन्  ।

जाभियर मस्चेरानोले बार्सिलोना छोड्ने भएपछि उनको ठाउमा मिनालाई ल्याएको बताइएको छ । उनले बार्सिलोनाको डिफेन्समा जेरार्ड पिकेलाई सहयोग गर्ने बताइएको छ ।

बार्सिलोनाका अर्का डिफेन्डर सामुएल उम्टिटिपनि बार्सिलोना छोडेर म्यान्चेस्टर सिटी या युनाइटेड जाने तयारी गएकाले बार्सिलोन ले डिफेन्डर मिनालाई भित्राएको हो ।
 

सम्बन्धित समाचार

मेसीको दुई गोलका बाबजुत बार्सिलोना पराजित  

काठमाडौँ। स्पेनिस ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोनाले यस सिजनको दोस्रो हार बेहोरेको छ। गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा  बार्सिलोना रियल बेटिससँग ४-३ गोल अन्तरले पराजित भएको हो।  इन्जुरीपछि मैदानमा

बार्सिलोना इन्टरमिलानसँग बराबरीमा रोकियो, अन्तिम १६ मा ठाउ पक्का 

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना इन्टरमिलानसँग बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा बार्सिलोना इन्टरमिलनसँग १-१ बराबरीमा रोकिएको हो। आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको बार्सिलोनाका लागि मालकमले  गरेका थिए। खेलको

बार्सिलोनाको जितमा स्वरेजको निर्णायक गोल  

काठमाडौँ।  स्पेनिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।  गएराती भएको खेलमा बार्सिलोनाले भालेकानोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनाको जितमा लुइस स्वरेजले २ गोल गरे भने उसमान

बार्सिलोनाको कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित

काठमाडौँ।  कोपा डेल रे अन्तर्गत बार्सिलोनाले कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। हाल आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलिरहेको बार्सिलोनाले खेलको इन्जुरीसमयमा ९१औ मिनेटमा क्लेमेन्ट लेंगलेटले गोल गरेपछि


z