• २०८१ बैशाख ७ शुक्रबार

इभर्टनविरुद्ध टोटनह्यामको फारकिलो जित, ह्यारी केनले बनाए रेकर्ड 

kharibot

काठमाडौ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले इभर्टनविरुद्ध फारकिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा टोटनह्यामले इभर्टनलाई ४-० ग्ल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले २, क्रिस्टियन इरिक्सन र सन् हेंग मिनले एक एक गोल गरेका थिए ।

यस खेलमा दुई गोल गर्दै ह्यारी केनले टोटनह्यामबाट प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । केनले कुल ९८ गोल गर्दै यस अघि टोटनह्यामका लागि ९७ गोल गर्ने टेडी शेरिंगघमको रेकर्डलाई तोडेका हुन् । केनले सन् २०१७ मा कुल ५६ गोल गर्दै रोनाल्डो र मेसीलाई समेत उछिन्दै बर्ष भरि धेरै गोल गर्ने खेलाडी बनेका थिए ।

साथै केनले २० गोल गर्दै यस सिजनको प्रिमियर लिगमा धेरै गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका छन् । केनले २० गोल गरेका छन् । साथै केन प्रिमियर लिगमा लगातार चौथो पटक २० भन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । केन चौथो पटक २० भन्दा बढी गोल गर्ने तेस्रो खेलाडी हुन् । यस अघि थिएरी हेनरीले ५ पटक र अलन शेयरेरले ४ पटक २० भन्दा बढी गोल गरेका थिए ।

जितसँगै टोटनह्याम २३ खेलमा ४४ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ भने इभर्टन २३ खेलमा २७ अंक सहित लिगको ९औ स्थानमा रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै