• २०८१ बैशाख ११ मंगलबार

लेस्टर सिटीसँग चेल्सी बराबरीमा रोकियो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीसँग चेल्सी बराबरीमा रोकिएको छ ।  घरेलु मैदानमा भएको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा लेस्टरले चेल्सीलाई निकै दबाबमा राखेको थियो भने दोस्रो हाफमा चेल्सीले खेलम सुधार गरेपनि गोल भने गर्न सकेन ।

खेलको ६८औँ मिनेटमा बेन चिलवेल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा भने चेल्सीले लिन सकेन ।

बराबरीपछि तेस्रो स्थानको चेल्सीको २३ खेलबाट ४७ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ४७ अंक नै छ । ३१ अंकसहित लेस्टर आठौँ स्थानमा छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै