प्राचीन कपिलवस्तु राजदरबार क्षेत्र तिलौराकोटमा पुनः उत्खनन शुरु

खरीबोट
ad

कपिलवस्तु ।  प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ । 

बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् । 

उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरलगायत लुम्बिनी विकास कोषका पुरातत्वविद्को सहभागितामा उत्खनन कार्य अघि बढेको छ । 

यसअघि उत्खनन गरिएका भग्नावशेषबाट प्राचीन कपिलवस्तु नगरको मुख्य दरबार क्षेत्र तिलौराकोट नै रहेको प्रमाणित भइसकेको र बाँकी उत्खननले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सघाउ पुग्ने पुरातत्व विभावका प्रवक्ता रामबहादुर कुँवरले बताए । 

अत्याधुनिक प्रविधिबाट शुरु गरिएको अन्वेषण र उत्खननबाट आधिकारिकरुपमा प्रमाणसहित यस स्थानलाई राजा शुद्धोधनको राजदरबार क्षेत्रका रुपमा विश्वसामु चिनाउन यो उत्खनन निकै महत्वपूर्ण रहेको उत्खनन कार्यमा संलग्न दुरह्याम विश्वविद्यालयका प्रोफेसर रवीन कनिंघमले बताए । 

यस वर्ष मुख्य दरबार क्षेत्र तीन स्थानमा उत्खनन, अन्वेषण र संरक्षण गरिने परियोजनाका पुरातत्वविद् कोषराज आचार्यले बताउनुभयो । जनवरी ५ देखि शुरु भएको उत्खनन कार्य फेबु्रअरी २५ सम्म रहनेछ, पुरातत्वविद् आचार्यले भने, “सातौँ शताब्दीतिर प्रसिद्ध चिनियाँ तीर्थयात्री हुएन–साङ्गले यस क्षेत्रको भ्रमणपछि लेखेको यात्रा स्मरणका अनुसार गौतम बुद्धका पिता राजा शुद्धोदनको राज दरबार एउटा नदीको किनारमा अवस्थित, दरबार क्षेत्रलाई चारैतिरबाट मजबुत दोहोरो सुरक्षा पर्खालको घेरामा रहेको लगायतका स्थानमा रहेको वर्णन गरिएको छ ।” 

यसका साथै दरबार क्षेत्र आसपासका बाटोलगायत यात्रा स्मरणमा लेखिएका अन्य कुरा पनि तिलौराकोट दरबार क्षेत्रमा फेला परेको उनले बताए । 

सम्बन्धित समाचार

स्वदेशमै कुखुरापालनले राम्रो आम्दानी गर्दै कपिलवस्तुको युवा जोडी   

कपिलवस्तु।  स्वदेश मै व्यवसाय गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कपिलवस्तुको बाणगंगाका दुई युवाले गरेर देखाएका छन्। करिब १५ बर्ष विदेशमा विताएर नेपाल फर्किएका राजेन्द्र अधिकारी र नेपालमै आफ्नो

दशौ कपिलवस्तु महोत्सव मङ्सिर १८ गतेदेखि पुस १ गतेसम्म हुने

काठमाडौँ।  कपिलवस्तुमा दशौ कपिल्वस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । सोमबार काठमाडौँको नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा दशौ कपिलवस्तु महोत्सवबारे जानकारी दिइएको छ।  कार्यक्रममा बोल्दै प्रतिनिधि

कपिलवस्तु घटना ११ वर्ष बित्दा पनि पीडितले राहत नपाएको गुनासो

कपिलवस्तु। कपिलवस्तु घटनाका पीडितले ११ वर्ष बित्दा पनि अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । विसं २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय नेता अब्दुल मोहिद

कपिलवस्तुमा ७ महिनाकी गर्भवती महिला बलात्कृत, ३ जना पक्राउ 

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाकी गर्भवती महिला बलात्कृत भएकी छन्।  बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विजय नगर गाउंपालिका वडा नंं. ७ का ३


z