कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

खरीबोट
ad

काठमाडौँ / नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन्  ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै भने, “पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ। ” 

हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल होइने उनको  भनाइ थियो । प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पारे । 

नेता शर्माले काँग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्र्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने बताए । नेता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताए । 

सम्बन्धित समाचार

काँग्रेस नेता चन्द्र भण्डारीले विपन्न माझी र बोटे समुदायसँग दशै मनाए

गुल्मी। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाएका छन् । विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी

कांग्रेसले दसैंको शुभकामना दिँदै भन्यो : दलगत स्वार्थभन्दा माथि उठौ 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंको शुभकामना दिँदै आर्थिक विकासको लागि दलगत स्वार्थ र सीमा भन्दामाथि उठेर अगाडि बढ्न आह्वान गरेको छ।   सभापति शेरबहादुर देउवाद्वारा जारी  विज्ञप्तिमा आर्थिक विकासप्रति जनताको

अलबिदा बास्तोला !

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि दिँदै सभापति शेरवाहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्वीर : प्रदीपराज

दिवंगत नेता बाँस्तोलाको शोकमा कांग्रेसले सबै जिल्ला कार्यालय एक दिन बन्द गर्ने 

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दिवंगत नेता चक्र बाँस्तोलाको निधनमा शोकस्वरुप सबै जिल्ला कार्यालय भोलि एक दिनका लागि बन्द गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको


z