• २०८१ बैशाख ६ बिहीबार

बच्चाहरुलाई स्वस्थ खानेकुरा खान कसरी सिकाउने ?

kharibot

अहिले हरेक आमाबुबाले आफ्नो बच्चाले राम्रो खानेकुरा खाओस् भन्ने सोच्छन् । तर, राम्रो खानेकुरा उनीहरुले दैनिकजसो बच्चाहरुलाई खुवाउन भने सकेको पाइदैन् किनकि हरेकको जीवनशैली बदली रहेको छ।

सधैजसो बच्चाहरुलाई स्वस्थ खानेकुरा दिदापनि बच्चाहरुलाई त्यो मन नपर्न सक्छ । हरेक अभिभावले आफ्नो बच्चाले स्कुल लिएको टिफीन सकेर आएको हेर्न चाहन्छन् । बच्चालाई खान दिएको परिकार कति स्वस्थ र अस्वस्थ भने ध्यान दिएको पाइँदैन । यही कुरा नै बच्चाहरुलाई सिकाउनु पर्छ । 

‘फास्ट’ नहुन सक्छ खानेकुरा 
यो समयमा तपाई बच्चालाई फास्ट फूडबाट हुने नोक्सान र पौष्टिक खानेकुरा फाइदाको बारेमा भन्नु जरुरी छ । तपाई बच्चाहरुलाई यसरी सम्झाउन सक्नुहुन्छ । जुन कुरा खानमा मिठो हुन्छ त्यो स्वास्थ्यका लागि फाइदाजनक नहुनसक्छ । जुनकुरा स्वास्थ्यवद्र्धक छ त्यो मिठो नहुनसक्छ । त्यसैले बच्चाहरुलाई यो कुरा थाहा हुन जरुरी छ । 

सबैजनासँगै बसेर खाना खानुस् 
खाना सबैसँगै बसेर खानुस् । खानाखाने समयमा टिभी नहेर्नुस् किनकी टिभी हेर्दा ध्यान अरु नै कुरा तिर केन्द्रीत हुन्छ । तपाई पनि खाना स्वस्थ खानुहोस् । तपाईले जे खानुहुन्छ त्यसले तपाईको बच्चामा पवनि प्रभाव पर्छ । त्यहि खानेकुरा किन्न बजार निस्कदा बच्चाहरुलाई पनि सँगै लिएर जानुहोस् ।

यसले उनीहरुमा सामाग्रीलाई लिएर रुची बढ्छ । यसले मात्र होइन उनीहरुलाई खाने बनाउने बेलामा साथमा राख्नुपनि हुन्छ । खानाबनाउन लाग्दा पोष्टीक खानेकुराको बारेमा ज्ञान बढ्छ । खाना खानुअघि बच्चाहरुलाई भोक लागे कुकीजहरु नदिएर फलफुलहरु खान दिनुस् ।

खाना बनाउनमा सहभागी गराउनुस्
खाना बनाउन राम्रो भाडाँ प्रयोग गर्नुस् । हल्ला फ्राइ गर्नुस् । यस्तो चिजको गुणस्तर कम गर्नुस् । जुन स्वस्थ हुदैनन् । गहुँको पास्ता तरकारीसँगै पकाउन सकिन्छ ।  
 
यदि बच्चा फास्ट फुड खानका लागि जिद्दी गर्छ भने खुवाउनुस् तर, स्वस्थ खानेकुरा खान दिनुस् । मसलन बर्गरमा आलुसँगै अन्य तरकारीहरु पनि राख्नुस् । यसलाई तेलमा फ्राइ गर्नुस् र यसैगरी चाउचाउलाई पनि अन्य तरकारीमा पनि मिलाएर खानुस् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै