• २०८१ बैशाख ४ मंगलबार

मञ्जुश्रीले छ प्रतिशत बोनस र महालक्ष्मीले नौ प्रतिशत नगद लाभांश दिने 

kharibot

काठमाडौं । मञ्जुुश्री फाइनान्सले छ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । \

फाइनान्सको पुुस २८ गते बसेको सञ्चालक समितिको एक सय ४८ औं बैठकले चुक्ता पुँजी ७२ करोड ४३ लाख ७८ हजार पाँच सय रुपैयाँ मध्येबाट छ प्रतिशतले हुुन आउने रकम चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बराबरको बोनस सेयर बितरण गन घोषणा गरेको हो । 

यसबाहेक फाइनान्सले कर प्रयोजनको लागि शून्य दशमलव ३२ प्रतिशतको अनुुपातमा नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव गरेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यस्तै, महालक्ष्मी विकास बैंकले नौ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७३÷०७४ मा आर्जन गरेको खुुद मुनाफाबाट उक्त अनुपातमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पुुस २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय बैंकको नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन आउनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै