हेटौँडा सिमेन्टले बढायो मूल्य, कति भयो नयाँ मुल्य ?

खरीबोट
ad

हेटौंडा ।  सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । 

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा रु ७९५ मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ । 
प्रतिबोरा रु १० कमिशन दिँदै आएकामा अब रु १५ पुर्याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा रु ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले रु ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । रु ९४० मा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् । 

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए । 

सम्बन्धित समाचार

शिवम् सिमेन्टद्वारा ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण

काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको ट्याक्सी चालकहरुको लागिपहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ । नेपाल सरकार तथा यातायात व्यवस्था

मारुती सिमेन्टले पायो अन्तर्राष्ट्रियस्तरको मापदण्ड

काठमाडौं । मारुती सिमेन्टले अन्तर्राष्ट्रियस्तरको मापदण्ड पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अन्तर्राष्ट्रियस्तरको मापदण्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।  कम्पनीले क्लिंकर ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्रीवितरणको लागि एन.एस÷आई.एस.ओ

सिमेन्ट उद्योगको इजाजतपत्र रद्द

काठमाडौँ।  नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो ।  विभागको शुक्रबार बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो

चलचित्र 'जयभोले' लाई जगदम्बा सिमेन्टको साथ

काठमाडौँ। जगदम्बा सिमेन्टले समयानुकुल र परिस्थिति अनुरुप आफ्ना ग्राहकहरु माझ आफुलाई भावनात्मक रुपमा प्रस्तुत गर्दै आईरहेको छ। विभिन्न कार्यक्रम, इभेन्ट र सामाजिक कार्यहरु मार्फत आफ्नो उपस्थिति जनाउदै आईरहेको कम्पनीले एस


z