ग्लोबल आइएमई बैंकको शाखा बाग्लुङ्गको बुर्तिवाङ्गमा उद्घाटन

खरीबोट
ad

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखाको ग्लोबल आइएमई बैंकका चन्द्र प्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गरेका छन् । त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले उद्घाटन गरे । 

उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दे जाने बताए ।  त्यस्तै उनले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे  । 
उक्त कार्यक्रममा उद्योँग वाणिज्य संघ बाग्लुङ्गका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका स्थानिय प्रतिनिधि, स्थानिय समाजसेवि लगायतको उल्लेख्य सहभागिता रहेको थियो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

सम्बन्धित समाचार

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा  ढकाल 

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकका अनुसार ढकालले असोज २५ गते बिहीबारबाट कार्यभार सम्हालेका छन् । यसअघि ढकाल मेगा

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बंैक र पोखरा महानगरपालिका वडा नं. २६, बुढीबजार, कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटल प्रा.लि.बीचमा बंैकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंककाकर्मचारी तथाकर्मचारीका परिवारले सो

ग्लोबल आइएमई बैंकद्वारा कम्प्युटर सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाइँकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने

ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच सम्झौता 

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच मंगलबार चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र


z