• २०८१ बैशाख ६ बिहीबार

शान्ति वार्तामा सहभागी थिएनौँ – तालिबान

kharibot

काबुल । आफगानिस्तानको तालिबान लडाकू समूहले हालै टर्कीमा भएको भनिएको एक शान्ति वार्तामा आफूहरु सहभागी भएको भन्ने समाचारको खण्डन गरेको छ । 

टर्कीमा भएको वार्तामा आफूहरु सहभागी नभएको तालिवान श्रोतले आईतबार जानकारी दिएको हो । 

तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिन्डले आइतबार जारी गरेको अनलाईन वक्तव्यमा भनेका छन्  ‘टर्कीमा भएको भनिएको वार्तामा हामी सहभागी भएको भनेर आएको समाचार अधारहीन हो ।’

हामीले न कुनै प्रतिनिधि पठाएको छौं, न कुनै प्रतिनिधि इस्लामिक ईमिरेट्सका तर्फबाट सहभागी भएका छन्– सो वक्तव्यमा भनिएको छ । आफूहरुलाई कमजोर पार्नका लागि गलत प्रचार गरिएको हुनसक्ने निष्कर्ष तालिबानले निकालेको पनि सो विज्ञिप्तिमा जनाइएको छ । 

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुले इस्तानबुलमा भएको वार्तामा तालिवान लडाकूहरु सहभागी भएको समाचार आईतबार प्रकाशित गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै