गुप्तचर निकाय ‘रअ’मा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ 

खरीबोट

काठमाडौँ । भारतको बाह्य गुप्तचर निकाय ‘रअ’मा जागिर लगाइदिने भन्दै झण्डै ६० जना युवाहरुसँग ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सप्तरीका रमाकान्त  नौनिया भनिने रमाकान्त चौहानलाई काठमाडौंबाट पक्राउ गरेको हो। नौनियाले विनोद कार्की, पदम श्रेष्ठ, सन्तोष कार्की तथागिता महर्जनको समेत सहयोगमा करिब ६० जना सँग ३ देखि ५ लाखसम्म रकम असुलेको प्रहरीले जानकारी दिएको छ । 

भारतीय दुतावासको लेटरहेड प्रयोग गरी नियुक्ती पत्र दिइएको पीडित युवाहरुले बताएका छन् । भारतीय दुतावासको लेटरहेड सक्कली हो कि नक्कली भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नौनियाले मासिक ५० हजार भारु तलव हुने र चार महिनाको तलव आफूलाई दिनुपर्ने भन्दै युवाहरुलाई झुक्याएर लाखौं रकम असुलेका थिए।

सम्बन्धित समाचार

प्रहरी जवान हिरासतमा

दाङ। थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ । प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम

उदयपुरमा बालिकाको बलात्कारपछि हत्याको आशङ्कामा पाँच पक्राउ

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की,

क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका अष्ट्रेलियन नागरिकसहित ४ नेपाली पक्राउ

बर्दिया, गुलरिया। । बर्दियाको गुलरिया बजार क्षेत्रमा क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिडेका एक अष्ट्रेलियन महिला सहित ४ जनालाई पक्राउ गरिएको छ । घर घर पसेर धर्मको प्रचारप्रसार गर्दै हिडेको सुचनाका

दाङको एक सहकारीको रु ६६ लाख हिनामिनाको अभियोगमा गुप्ता पक्राउ

दाङ । राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा


z