संघीय संरचनामा आयुवर्दे र वैकल्पिक चिकित्सा समेट्नु पर्ने भन्दै ज्ञापनपत्र

खरीबोट

फाइल फोटो ।

ad

काठमाडौँ । सङ्घीय संरचनामा स्वास्थ्य मन्त्रालयले तयार पारेको खाकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई समेट्न नसकेको भन्दै सरकारी आयुर्वेद चिकित्सक संघ नेपालले ज्ञापनपत्र बुझाएको छ । 

संघले आज स्वास्थ्य सचिव डा पुष्पा चौधरी र उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई संयुक्तरुपमा ज्ञापनपत्र र संशोधित संरचनाको खाका बुझाएको हो । 

संघका अध्यक्ष डा शकर गौतमले संघले बुझाएको संरचनामा राष्ट्रिय औषधिजन्य वनस्पति बोर्ड, प्रदेशमा विभाग, महाशाखालगायतका कुरा थप गरिएको खाका बुझाएको जानकारी दिए । 

ज्ञापनपत्र बुझेपछि समितिका अध्यक्ष काशीराज दाहालले वनस्पति बोर्डका बारेमा सम्बन्धित सबैसँग छलफल गरी त्यसको खाका तयार पार्ने बताए । संघले संविधानमा उल्लेख भएका कुरा पुरा गर्न नयाँ संरचनामा संशोधन गर्न समेत माग गरेको छ । 

मन्त्रालयले तयार पारेको प्रस्तावित संचरनाको खाकामा आयुर्वेदका स्वायत्त निकायहरू राष्ट्रिय आयुर्वेद अनुसन्धान परिषद्, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान र आयुर्वेद चिकित्सा परिषद् सहितआयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको पनि केन्द्रदेखि गाउँपालिकासम्म रहने विभाग, महाशाखा, शाखालगायतका कार्यालयको प्रस्ताव गरिएको छ । जसअनुसार केन्द्र अर्थात संघमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विभाग, चार स्वायत्त निकायसहित रेफरल अस्पताल रहने उल्लेख गरिएको छ । 

सम्बन्धित समाचार

२२ लाख युवायुवतीमा मानसिक स्वास्थ्य समस्या

काठमाडौँ । पछिल्लो समय युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवायुवतीमा पाँचमध्ये एकमा सो समस्या हुन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण

उत्तर भारतको अग्रणी स्वास्थ्योपचार सेवाप्रदायक म्याक्स हेल्थकेयरको केन्द्र काठमाडौँमा 

काठमाडौं। म्याक्स हेल्थकेयर, उत्तर भारतको एक अग्रणी स्वास्थ्योपचार सेवाप्रदायक संस्थाले आज एक समारोहबीच काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न विरामी सहायता केन्द्रको शुभारम्भ गरेको छ ।  यसबाट केन्या, म्यानमार, इराक, इथियोपिया, नाइजेरिया र

के आफ्नो पिसाब पिउनु साँच्चै स्वास्थ्यको लागि उपयुक्त नै हो त ?

काठमाडौं । हामी दिसापिसाब भनेपछि मुन्टो बटार्छौँ । तर कतिपय यस्ता मानिस पनि छन्, जो स्वास्थ्यको लागि भन्दै आफ्नै पिसाब पिउने गर्छन् । हो, स्वमुत्रसेवन पिउने धेरै छन् सहरबजारमा ।

जमराको महत्व : स्वास्थ्यदेखि संस्कृतिसम्म !

काठमाडौं । आजबाट नेपालीहरुको ठूलो चाड दशैँ सुरु भएको छ । मानिसहरुले घरघरमा घटस्थापना गरी पूजाकोठामा जमरा राखेका छन् । जमराको महत्व दशैँमा विशेष छ भन्ने त सबैलाई थाहै छ


z