• २०८१ बैशाख ७ शुक्रबार

अस्ट्रेलियाविरुद्ध इङल्याण्डको जित, जोसन रोयले बनाए १८० रन 

kharibot

काठमाडौँ । अष्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा इङल्याण्ड विजयी भएको छ । 

एफेज सिरिजमा ४-० ले पराजित भएको इङल्याण्डले एकदिवसीय क्रिकेटमा भने विजयी सुरुवात गरेको छ । 

अष्ट्रेलियाले दिएको ३०५ रनको लक्ष्य इङल्याण्डले ७ बल बाँकी छदै ५ विकेट गुमाएर पूरा गरेको थियो । इङल्याण्डका लागि जोसन रोयले सर्वाधिक १८० रन बनाएका थिए भने कप्तान जोय रुटले ९१ रनको योगदान दिए । 

रोयले १५१ बल खेल्दै १६ चौका र ५ छक्का हान्दै १८० रन बनाएका थिए ।

मेलवर्नमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनर आरोन फिन्चले १७ रन बनाएका थिए । त्यस्तै मार्कस स्टिनिसले ६० र शन मार्शले ५० रनको योगदान दिएका थिए ।

खेलको म्यान अफ द म्याच इङल्याण्डका जोसन रोय बनेका थिए ।

सिरिजको दोस्रो खेल जनवरी १९ मा ब्रिसबेनमा हुने छ । जितसँगै इंग्ल्याण्डले पाँच खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै