• २०८१ बैशाख ८ शनिबार

ज्योति विकास बैंकको दशौ साधारण सभा सम्पन्न 

kharibot

काठमाडौँ । ज्योति विकास बैंकले काठमाण्डौमा दसौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गर्दै संचालक समितिको तर्फबाट सभा समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । 

ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे १०५ का दरले हुुने रु.२२,०८,६३,४२०÷– (अक्षरेपी बाइस करोड आठ लाख त्रिसठी हजार चार सय विस रुपैंया मात्र) तथा तत्कालिन राप्तीभेरी बिकास बैंक लि.का शेयरधनीहरुलाई गत आ.व. २०७३÷७४ को नाफाबाट तत्कालिन राप्तीभेरी विकास बैंकको संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्ता पूँजीकोे ६५ का दरले हुुने रु.९४,२३,८२३ (अक्षरेपी चौरानब्बे लाख तेइस हजार आठ सय तेइस रुपैंया मात्र) बोनस शेयर वितरण गर्न स्वीकृत गरेको छ । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार विकास बैंकको प्रवन्धपत्र नियमावलीमा संशोधन गरिने छ ।

विशेष प्रस्ताव बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्वि गर्न विकास बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको छ । 

प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गर्नु भएकोमा अध्यक्ष हरिचन्द्र खड्का तथा नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उत्तर दिनु भए पश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो । 

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । 

साविक राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात एवं ११ वटा नयाँ शाखा संचालनमा ल्याए पछि शाखा संजाल ४९ वटा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात थप ६ वटा शाखा बढने छन् । 

चालु आ.व.मा बैंकले करिब १ लाख २२ हजार खाताबाट १३ अर्व ४ करोड  निक्षेप संकलन गर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १२ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो । यस पश्चात बैकको चुक्ता पूँजी रु.२ अर्व ५९ करोड भएको जानकारी गराइयो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै