स्वेच्छिक अवकासको प्रक्रिया शुरु

खरीबोट
ad

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ । 

मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । 

उनीका अनुसार समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकासका लागि सूचना प्रकाशित भएदेखि ४५ दिनसम्म फारम भर्ने समयावधी तोकिएको छ । स्वेच्छिक अवकासका लागि मन्त्रालयले छुट्टै एकाई समेत गठन गरेको छ । 

स्वेच्छिक अवकासमा जाने कर्मचारीले सम्बन्धित कार्यालयमा निवेदन दिन सक्ने छन् । त्यसपछि उक्त निवेदनको आवश्यक छानविन गरी मन्त्रालयले अवकास दिनेछ । बीस वर्ष सेवा पुरा गरेका र ५० वर्ष उमेरका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता न्यौपानेले बताए । 

अवकासमा जाने कर्मचारीले सात वर्षको एकमुष्ट निवृत्तिभरण पेन्सन पाउने छन् । त्यसपछि नियमित निवृत्ति पाउने उनले बताए । निलम्बनमा परेका, विभागीय कारबाहीमा परेका र अध्ययन बिदा पुरा गरी न्यूनतम सेवा अवधि पुरा नगरेका कर्मचारीले भने अवकास पाउने छैनन् । 

कर्मचारी समायोजन ऐन, २०७४ मा संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेको छ । 
 

सम्बन्धित समाचार

मन्त्रालय मै पिटिए उपसचिव, हातपात गर्नेलाई कारवाही हुने 

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ ।  आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ

कर्मचारी समायोजन एक महीनापछि, पहिलो प्राथमिकता स्थानीय तह

काठमाडौँ।  सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ ।  स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई

अब कर्मचारीको तलब स्थानीय तहबाटै

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५-७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ ।  स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय

असारसम्म स्थानीय तहमा सबै कर्मचारी खटिसक्ने

काठमाडाँै, १३ जेठ (रासस) ः सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ ।  अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार


z