• २०८१ बैशाख ७ शुक्रबार

स्वेच्छिक अवकासको प्रक्रिया शुरु

kharibot

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ । 

मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । 

उनीका अनुसार समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकासका लागि सूचना प्रकाशित भएदेखि ४५ दिनसम्म फारम भर्ने समयावधी तोकिएको छ । स्वेच्छिक अवकासका लागि मन्त्रालयले छुट्टै एकाई समेत गठन गरेको छ । 

स्वेच्छिक अवकासमा जाने कर्मचारीले सम्बन्धित कार्यालयमा निवेदन दिन सक्ने छन् । त्यसपछि उक्त निवेदनको आवश्यक छानविन गरी मन्त्रालयले अवकास दिनेछ । बीस वर्ष सेवा पुरा गरेका र ५० वर्ष उमेरका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता न्यौपानेले बताए । 

अवकासमा जाने कर्मचारीले सात वर्षको एकमुष्ट निवृत्तिभरण पेन्सन पाउने छन् । त्यसपछि नियमित निवृत्ति पाउने उनले बताए । निलम्बनमा परेका, विभागीय कारबाहीमा परेका र अध्ययन बिदा पुरा गरी न्यूनतम सेवा अवधि पुरा नगरेका कर्मचारीले भने अवकास पाउने छैनन् । 

कर्मचारी समायोजन ऐन, २०७४ मा संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै