• २०८१ बैशाख ७ शुक्रबार

भुवनेश्वर मन्दिर परिसरमा महिलाको शव फेला

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ । 

बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला आज अपराह्न मृत अवस्थामा मन्दिर परिसरमा फेला परेको जानकारी दिँदै उनको शरीरमा चोट देखिएकाले हत्या भएको हुन सक्ने बताए । 

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै