• २०८१ बैशाख ७ शुक्रबार

रेफ्रीले खेलाडीलाई हाने किक र दिए रातो कार्ड (भिडियो सहित) 

kharibot

काठमाडौँ । फुटबल खेलमा कहिले काही रोचक घटना हुने गर्दछन् । 

कहिले खेलाडी, कहिले रेफ्री त कहिले दर्शकले रोचक घटना घटाएर फुटबल खेल मैदानमा रोचक दृश्य देख्न सकिन्छ जुन फुटबल खेलमा बिरलै देख्न पाइन्छ । यस्तै रोचक घटना फ्रेन्च लिग वानमा गएराती घटेको छ । 

फ्रेन्च लिग वान अन्तर्गत पिएसजी र नानटेस बीच खेलको ९० मिनेट पछिको इन्जुरी टाइमको खेल भैरहंदा रेफ्रीले नानटेसका डिफेन्डरलाई किक हानेर लडाएपछि रातो कार्ड दिदै मैदानबाट बाहिर पठाइदियेका छन् । रेफ्रीले नानटेसका डिफेन्डर डिएगो कार्लोसलाई किक हान्नु अघि कार्लोसले भूलवश रेफ्रीलाई लडाएका थिए । झुक्किए रेफ्री लड्न पुगे पनि रेफ्रीले भने कार्लोसलाई किक हान्दै रोकेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

टोनी चापरोन नाम गरेका ति रेफ्रीले किक हानेर कर्लोसलाई रोकेपछि दोस्रो पहेलो कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका थिए ।   

नेइमार बिना खेलेको पिएसजीले यो खेल एन्जेल डी मारियाको गोलमा १-० ले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै