• २०८१ बैशाख १३ बिहीबार

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दियो जसपाको आधिकारिकता

kharibot

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।

सोमबार जसपाको विवाद निरुपण गर्न पार्टीका दुबै पक्षका कार्यकारणी सदस्यहरुको सनाखतपछि आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको हो । 

जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद भएपछि आयोगले नियम अनुसार आधिकारिकता बारे निर्णय गरेको हो । 

सोमबार आयोगले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई गरेको सनाखतमा अध्यक्ष यादव पक्षमा ३४ जना देखिएका थिए भने ठाकुर पक्षमा १६ जना देखिएका थिए । 

त्यस्तै हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी भने तटस्थ बसेका थिए । चौधरी सनाखतका लागि आयोगमा पुगे पनि आफु जसपाको पक्षमा लाग्ने भन्दै एक पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।  

कार्यकारिणी सदस्य को कता ?

उपेन्द्र यादवको पक्षमा

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महेन्द्रराय यादव, मोहम्मद ईस्तियाक राई, राजकिशोर यादव, गोविन्द चौधरी, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकमारी यादव रहेका छन् । त्यस्तै लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव, डम्मरु बल्लभ खतिवडा, प्रकाश अधिकारी, दुर्गा सोब, परशुराम बस्नेत, प्रसान्त सिंह, भक्तबहादुर शाह, शुशिला श्रेष्ठ, विजयकुमार यादव, रमेशप्रसाद यादव, गजाधर रोहिता यादव र मनिषकुमार सुमन छन्।

महन्थ ठाकुरको पक्षमा: 

महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशबकुमार झा, अकवाल अहमद शाह, दानबहादुर विश्वकर्मा, निर्जला राउत र सुनीलकुमार झा ।

तटस्थः

रेशम चौधरी 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै