सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सम्झौता 

खरीबोट
ad

काठमाडौँ । लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । 

सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ भने ९०,००० भन्दा बढी एजेन्ट लोकेशन्हरु रहेको जानकारी दिइएको छ । 

यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे ट्रान्सफर मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने जानकारी सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले दिएका छन् । 

यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट पे्रसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरेका छन् । सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरु मा पनि सिटी एक्सप्रेससँग नयाँ सहकार्य गर्दै जाने बताए ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ५००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित समाचार

सिटी एक्सप्रेसद्वारा मिर्गौलापीडितलाई सहयोग

काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ता मेन्दो गोलेलगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुवै मिर्गौला फेल भएकी फुडोमातामाङको मृगौलाप्रत्यारोपणको निम्तिआर्थिक सहयोग संकलन

दशैंलाई लक्षित गरी सिटी एक्सप्रेसको 'निःशुल्क बस सेवा' संचालन 

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने  “निःशुल्क बस सेवा” सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७गते देखि २३ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सम्झौता, अमेरिकाबाट पैसा पठाउन सहज

काठमाडौँ। अमेरिकामा १५ हजारभन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफरबीच  रेमिटान्स सेवा सुरु भएको

सिटी एक्सप्रेसको ९० दिने 'लखपति एक्सप्रेस' योजना सार्वजनिक

काठमाडौँ। लामो समयदेखि मनी ट्रान्सफरसम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “लखपति


z