काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्बसम्मत चयन भएका छन् ।
संसदीय दलको सिंहदरबारस्थित संसदीय दलमा शनिबार बसेको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।
जसपा कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद इश्तियाक राईका अनुसार यादवलाई संसदीय दलको नेता बनाउन जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र नेता महेन्द्र यादवको समर्थन गरेका थिए ।