'तालिवानको पुण्यस्थल' पाकिस्तानबाट यसकारण अमेरिका पछि हट्नुहुँदैन

खरीबोट
ad

न्युयोर्क(रासस)/ अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरमातहत रक्षामन्त्री बनेका हेराल्ड ब्राउनले अमेरिका र तत्कालिन सोभियत संघको सशस्त्र दौडलाई मुल्याङ्कन गर्दै बताइने गर्छ, “जब हामी निर्माण गर्छौं, उनीहरू पनि निर्माण गर्छन् र जब हामी निर्माण गर्नेछैनौँ, उनीहरूले निर्माण गरिरहनेछन् ।” 

अमेरिकी सरकारको दृष्टिमा पाकिस्तानसँगको अमेरिकी सम्बन्ध दुरुस्तै छ । जब हामी पाकिस्तानलाई सहयोग गर्छौ, उनीहरूले त्यस्ता गतिविधि गर्छन्, जुन हामीले चाहन्नौ र जव हामीले पाकिस्तानमाथि प्रतिबन्ध लगाउँछौैँ, उनीहरूले हामीले नचाहेका गतिविधि जारी राख्छन् । 

पाकिस्तानको दृष्टिमा विगत धेरै खालका धोखाजन्य कथाले भरिएको हुनेछ । पाकिस्तानीले अमेरिकालाई केही समयका लागि नजिक हुने र पाकिस्तान केही सबल देखिएपछि इस्लामाबादलाई दिँदै आएको सहयोग कटाउने बाहेक केही गर्दैनन् भन्ने आरोप पनि छ । अर्थात् अमेरिका आफ्नो स्वार्थको लागि पाकिस्तानसँग सम्बन्ध गाँस्छ र कुनै पनि समय छुटाउनसक्छ भन्ने आरोप रहने गरेको छ । 

उदाहरणका लागि अमेरिकाले तत्कालिन सोभियत यूनियनसँग लड्न सन् १९८० को दशकमा छिमेकी अफगानिस्तानमा लड्न मुजाहिद्दिन इस्लामिक समूहलाई हतियार दियो । तर जव सोभियत सैनिक सन् १९८९ मा अफगानिस्तानबाट बाहिरियो अमेरिकाले पनि उक्त क्षेत्रलाई छोड्यो । अमेरिकी कानूनको उल्लङ्घन गर्दै पाकिस्तानले आणविक हतियार विकास गर्यो र अमेरिकाले सहयोग फिर्ता गर्न बाध्य पर्यो । 

धेरैजसो अमेरिकी सहयोग पछिका केही बर्षमा पुनः पाकिस्तानमा गयो । तर पाकिस्तानले आणविक कार्यक्रमलाई विस्तार गरेसँगै यसलाई लिविया, उत्तर कोरिया र इरानमा समेत सहयोग गरियो र आणविक कार्यक्रमलाई ती मुलकसम्म पनि पुर्याइयो । यसका कारण पुनः दुई देशबीचको सम्बन्ध टाढा बन्यो । 

लेखक

सन् २००१ को सेप्टेम्बर ११ अमेरिकामा आतङ्ककारी हमला भयो तत्कालिन अमेरिकी जर्ज डब्लु बुसको प्रशासनले पाकिस्तानलाई कडा शर्त राख्यो । शर्त अनुसार पाकिस्तानले कि त अमेरिकासँगको सम्बन्ध रोज्नुपर्ने थियो कि तालिवानसँगको सम्बन्ध । जतिबेला अफगानिस्तानमा अमेरिकी सहयोगमा आक्रमण भएको थियो । त्यसबेला पाकिस्तानले अफगानिस्तानको सिमाना खुकुलो पारिदिदाँ तालिवानले पाकिस्तानलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्दै आएको थियो । 

पाकिस्तानले आतङ्कवाद विरोधी लडाईमा सहयोग गर्ने प्रतिवद्धता गर्यो । यसको बदलामा पाकिस्तानलाई सन् २००४ मा अमेरिकाले ‘उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बाहेकको प्रमुख सहयोगी’ का रूपमा विश्वास ग¥यो । यसकारण पाकिस्तानले केही अत्याधुनिक सैनिक उपकरण प्राप्त गर्यो । 

तर अहिले अमेरिकी राष्ट्रपति पाकिस्तानसँग खुशी छैनन् । वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले कुटनीतिक रूपमा पाकिस्तान र अमेरिकाबीचको असन्तुष्टिलाई जाहेर गर्नुपर्नेमा सार्वजनिक गर्ने विकल्पलाई अघि सार्नुभयो । ट्रम्पको शब्दमा “अमेरिकाले मूर्खतापूर्ण तरिकाले पाकिस्तानलाई विगत १५ वर्षमा ३३ अर्ब अमेरिकी डलर दियो । बदलामा उनीहरूले हाम्रा नेतालाई मुर्ख बनाउँदै झूट र छलकपटभन्दा केही दिएनन् । पाकिस्तानले हामीले अफगानिस्तानमा खोजीरहेका र लखेटिरहेका आतङ्ककारीलाई थोरै सहयोगका साथ (धेरै होइन) सुरक्षित आश्रयस्थल प्रदान गरे ।” 

यदि मलाई सोधिएको भए, यद्यपि म यसका लागि जिम्मेवार व्यक्ति त होइन, मैले यस खालका सन्देश कुटनीतिक माध्यमबाट जानुपर्ने बताउने थिएँ । हो, पाकिस्तान अमेरिकी सहयोगको ऋणी छ तर पनि अमेरिकाको खुला आलोचनाले वासिङटनले अपेक्षा गरेजस्तो लक्ष्यका लागि पाकिस्तानलाई आफ्नो नीतिगत बाटो सच्याउन कठीन हुन्छ । मैले पाकिस्तानसँगका विशेष गतिविधिलाई अमेरिकासँग जोड्न पाकिस्तानसँग सुरक्षा सम्बन्ध कटाउने बिषयका विरुद्ध बहस गर्ने थिएँ । 

वास्तवमा अमेरिकी ठूलो गल्ती भनेको सेप्टेम्बर ११ को हमलापछि पाकिस्तानलाई मित्रशक्तिका रूपमा विश्वास गर्नु हो । यसलाई ठूलो नीतिगत कमजोरी भन्न सकिन्छ । वास्तवमा ठूला लेनदेनका सम्बन्धले पाकिस्तान र अमेरिकालाई नजिक बनाउन सक्नेछैन । 

पाकिस्तान अमेरिकी सहयोगको ऋणी छ तर पनि अमेरिकाको खुला आलोचनाले वासिङटनले अपेक्षा गरेजस्तो लक्ष्यका लागि पाकिस्तानलाई आफ्नो नीतिगत बाटो सच्याउन कठीन हुन्छ ।

पाकिस्तान विश्वकै द्रूत गतिमा आणविक हतियार निर्माण विकास गर्ने मुलुक हो । कुनै समय ओसामा विन लादेनको आश्रयस्थल रहेको र अहिले पनि विश्वका खतरनाक आतङ्कवादी समूहका नाइकेले आश्रय लिएको देशका रूपमा यसलाई कतिपय मुलुकले लिने गर्छन् । ट्रम्पले भनेजस्तै तालिवानको पुण्यस्थल पाकिस्तान भएको छ, जसले अफगानिस्तानलाई अस्थिर पार्न सङ्घर्षका गतिविधि सञ्चालन गर्दै आएका छन् । पाकिस्तानी नीतिले अमेरिकाको विगत डेढ दशकदेखि अफगानिस्तानमा शान्ति स्थापना गर्ने प्रयासलाई विफल मात्र पारेको छैन, विगत र अहिले पनि अफगानिस्तानमा रहँदै आएका हजारौँ अमेरिकी सेनाको जीवनमाथि खतरा उत्पन्न गरेको छ । 

धेरैले अनुमान गरेको लेनदेनको सम्बन्धले पाकिस्तान र अमेरिकी सम्बन्धलाई नजिक पार्न सक्दैन । नाम मात्रको प्रजातन्त्र पाकिस्तान, जहाँ सेना तथा गुप्तचर सेवामा समेत राजनीतिक प्रभाव हुने गर्छ, ले तालिवानले महत्वपूर्ण भूमिका खेल्ने अफगानिस्तान चाहन्छ । विविध कारणले गर्दा अमेरिका यो चाहदैन । 

यसबाहेक हालका बर्षहरूमा अमेरिकाले पाकिस्तानको प्रमुख प्रतिद्वन्द्वी भारतसँगको सम्बन्धलाई मजबुत बनाएको छ । पाकिस्तानको स्वभाविक सहयोगीका रूपमा चीन देखिएको छ । चीनले पाकिस्तानको संरचनागत विकासका लागि ठूलो लगानी गरेको छ र सैनिक उपकरणको प्रमुख श्रोत बनेको छ । चीनले पनि जनसङ्ख्यामा छिट्टै उछिन्न लागेको र आर्थिक तथा रणनीतिक प्रतिस्पर्धी भारतसँग होसियार बन्नुपर्ने यथार्थ रहेको छ । चीन र भारतबीच पनि सीमा विवाद छ । 

त्यसैकारण अमेरिकाले पाकिस्तानबाट पछि हट्नुहुँदैन । नराम्रो अवस्था सधै खराब बन्ने गर्छन् । आज पाकिस्तान कमजोर राष्ट्र छ भोलि असफल बन्नसक्छ । आणविक हतियार र आतङ्कवादीहरूको आश्रयस्थल क्षेत्रीय तथा विश्वव्यापी दुश्परिणामको समाचार बन्ने खतरा उत्तिकै छ । 

त्यसैले आर्थिक तथा मानवीय सहयोग दिँदा यसलाई कसरी प्रयोग गरिएको छ नजिकबाट निगरानी गरेर जारी राख्नु पर्छ । आतङ्कवादलाई परास्त गर्न पाकिस्तान र अफगानिस्तानसँग सिमित सहकार्य अझै सम्भव छ । भारत तथा पाकिस्तानबीचको युद्धको सम्भावनालाई टार्न अमेरिकाले दुबै मुलुकसँग सम्बन्ध बलियो बनाउनु जरुरी छ । अझैपनि अमेरिका र सोभियत संघबीच शीतयुद्धको उच्चविन्दुमा देखिएको सम्बन्धजस्तो भारत र पाकिस्तानको सम्बन्ध विकसित भएको छैन । दुबै देशसँग मिलेर काम गर्ने र उनीहरूको सम्बन्धलाई बलियो पार्न पहल अमेरिकाले गर्नुपर्छ । 

अमेरिका–चीनको कार्यसूचिमा निरन्तर चासो राख्नु पाकिस्तानका लागि पनि अर्थपूर्ण रहन्छ । अमेरिका र चीनबीच कोरियाली प्रायद्वीपमा उनीहरूका सेना, आणविक हतियार र स्थानीय अस्थिरताका बिषयका विविध पक्षबारे छलफल भइरहेको छ । पाकिस्तानको सम्लग्नतामा निम्तिनसक्ने सङ्कटबाट टाढा रहन र कसैलाई असफल हुनबाट रोक्नका लागि बहस थाल्नु कम जरुरी छैन । 

  • (रिचार्ड एन हास अमेरिकी विदेश सम्बन्ध परिषद् प्रमुख, सन् २००१ देखि २००३ सम्म अमेरिकी राज्य नीति निर्माण महाशाखाका निर्देशक, अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका उत्तरी आएरल्याण्डका लागि विशेष प्रतिनिधि र अफगानिस्तानको भविष्य नामक कार्यक्रमका संयोजक हुन् । उनी ‘वल्र्ड इन डिसएरेः अमेरिकन फरेन पोलिसी एण्ड द क्राइसिस अफ द वल्ड अर्डर’ नामक पुस्तकका लेखक हुन् ।) अनुवाद : दिलीप शर्मा 

सम्बन्धित समाचार

पाकिस्तानमा रेलले रिक्सा ठक्कर दिँदा अाठ जनाकाे मृत्यु

इस्लामाबाद (रासस/सिन्ह्वा) / पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई

चन्दा उठाएर दुई विशाल परियोजना बनाउँदै पाकिस्तान

काठमाडौँ । चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ

पाकिस्तानका प्रतिपक्षी नेता शहवाज पक्राउ

इस्लामावाद, पाकिस्तान। एएफपी पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज शरीफलाई भ्रष्टाचार आरोपमा शुक्रबार पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।  शहवाज पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारको भ्रष्टाचार आरोप लाग्ने पछिल्लो सदस्य हुन्

प्रधानसेनापति थापालाई पाकिस्तानको बधाई

काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापालाई पाकिस्तानका राजदूत मजहर जावेदले भेटेर बधाई दिएका छन् । जङ्गी अड्डामा प्रधान सेनापति र राजदूत जावेदबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । उनीहरुबीच द्विपक्षीय हित तथा


z