• २०८१ बैशाख ४ मंगलबार

पिएसजीले डिजोनमाथि गोल वर्षा, नेइमारले गरे ४ गोल 

kharibot

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले डिजोनलाई गोलको वर्षा गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले डिजोन ८-० ले पराजित भएको हो । 

पिएसजीको जितमा नेइमारले ४ गोल गरेका थिए भने एन्जल डी मारियाले दुई, कभानी र एम्बाप्पेले एक एक गोल गरेका थिए ।  

यस नेइमारले पिएसजीका लागि पहिलो ह्याट्रिक गरेका छन् भने कभानीले पिएसजीका लागि धेरै गोल गर्ने जलाटन इम्ब्रहिमोविचको रेकर्ड १५६ गोलको बराबरी गरेका छन् ।

जितसँगै पिएसजीले लिग वानमा ११ अंकको अग्रता हासिल गरेको छ । पिएसजीको  २१ खेलमा ५६ अंक रहेको छ । त्यस्तै डिजोन २१ खेलमा २५ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै