डेंगु रोगका कारण चितवनमा एक जनाको मृत्यु

खरीबोट
ad

चितवन । डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । 

उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको पुस २५ गते मृत्यु भएको उनले बताए । चालु आवमा एक हजार १०५ जनाको डेंगु परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण भेटिएको थियो । यस्तै स्क्रब टाइफस ३७१ जनामा संक्रमण भेटिएको केसीले जानकारी दिए ।

एक हजार ६७० जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको उनले बताए । योसँगै चालु आवमा विभिन्न रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेका छन् । स्क्रब टाइफसबाट साउनमा एक जना भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको थियो । चिकनगुनियाका कारण भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण उस्तै हुने भएकाले लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ । 

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिग : चितवन राईनोजले दुई भारतीय खेलाडी भित्र्यायो 

काठमाडौँ।  पोखरा कार्तिक ९ गतेबाट हुने पोखरा प्रिमियर लिग (पिपिएल) का लागि चितवन राईनोजले दुई भारतीय खेलाडी भित्राएको छ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र

झापामा डेंगु फैलिन नदिन अभियान

झापा । झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा

ओझेलमा चितवनको इच्छाकामना मन्दिर

चितवन । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् । यस गाउँपालिकामा जिल्लाको

मिष्टर नेपालको उपाधि चितवनका विकल्पले जिते 

काठमाडौं । चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका


z