रुसले उत्तर कोरियालाई सघाइरहेको ट्रम्पको आरोप 

खरीबोट
ad

उत्तर अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको कडा नाकाबन्दीका बाबजुद रुसले उत्तर कोरियालाई सघाएको आरोप लगाएका छन् । रुसको विरलै आलोचना गर्ने ट्रमपले रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उक्त आरोप लगाएको सीएनएनले उल्लेख गरेको छ । 

‘रुसले हामीलाई उत्तर कोरियाको मामिलामा मद्दत गरिरहेको छैन’, ट्रम्पले भनेका छन्, ‘चीनले जुन सहयोग गरिरहेको छ, रसियाले त्यसविपरीत गरिहेको छ ।’ राष्ट्रसंघले पछिल्लो समय उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी केही महिनापहिले मात्रै लगाएको थियो ।

इन्धन, कोइला, सिफुड, कोरियाली कामदार लगायतमाथि राष्ट्रसंघले कडा प्रतिबन्ध लगाए पनि रुसेली पानीजहाजले समुद्रको बीचमै उत्तर कोरियाली पानीजहाजमा इन्धन भरेको अमेरिकीहरुले आरोप लगाउँदै आइरहेका बेला ट्रम्पले त्यसको निन्दा गरेका हुन् । 

त्यस्तै पछिल्लो समय दुई कोरियाबीच भइरहेको वार्ताको पनि ट्रम्पले समर्थन गर्दै आएका छन् । दक्षिण कोरियाले आफ्नो देशमा हुनलागेको ओलम्पिकमा दुई कोरियाका खेलाडीले एकताको झण्डामुनि मार्च पास गर्ने उत्तर कोरियासँग सहमति गरिसकेको छ । 

अमेरिकाले रुस र चीनले संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियालाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । 

सम्बन्धित समाचार

आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीति, आफु महाशक्ति हुने सपना -रुसी विदेश मन्त्रालय 

मस्को। रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।  “यसको मुख्य उद्देश्य

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

मस्को। रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन् ।  मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त

राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरुसँग ५७ करोड लगानी गर्न प्रस्ताव

काठमाडौं । ग्रामीण स्वावलम्बन कोषमा रहेको ५७ करोड रुपैयाँ लगानी गर्नको लागि राष्ट्र बैंकले प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बंैंकले आज बुुधबार वाणिज्य बैंकहरुको नाउँमा सूचना जारी गर्दै रकम

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाँदै

अमेरिका । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी आइतबार उत्तर कोरियाको भ्रमण गर्दै छन् । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक


z