• २०८१ बैशाख ८ शनिबार

थोरै दूरीले टर्ने भयो पृथ्वी र उल्कापिण्डबीचको दुर्घटना !

kharibot

एउटा एष्टोरोइड (उल्कापिण्ड)ले अर्को महिनाको पहिलो हप्ता अर्थात् फेब्रुअरी ४ सम्ममा पृथ्वीको एकदमै नजिक भएर जाने भएको छ । अन्तरिक्ष विज्ञहरुका अनुसार दुवईमा रहेको विश्वकै अग्लो बुर्ज खालिफाभन्दा ठूलो आकारको उक्त उल्कापिण्डले आगामी दुई हप्ताको अवधिमा पृथ्वीलाई थोरै दूरीमा नछोई जानेछ । 

अन्तरिक्ष चट्टान २००२ को एजे१२९ को दोब्बर र गगनचुम्बी बुर्ज खालिफाभन्दा ठूलो आकारको रहेको छ । विज्ञहरुका अनुसार २.६ मिलियन माइल दूरीले उक्त उल्कापिण्डले पृथ्वीलाई छुनेछैन । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार यो पृथ्वीको एकदमै नजिक आउने उल्कापिण्ड हुनेछ । 

  • बुर्ज खालिफा । तस्बिर : Getty Image

यदि १.१ किमि फराकिलो यो उल्कापिण्डले पृथ्वीलाई हानेको हुने थियो भने यसले पृथ्वीको सतहको थुप्रै परिमाणको माटो र धूलो उडाइदिने र जसका कारण पृथ्वीलाई अन्धकारमा पारिदिने वैज्ञानिकहरुको भनाइ छ ।  वैज्ञानिकहरुका अनुसार केही उल्कापिण्डहरु खतरनाक हुन्छन् । तर त्यस्ता खतरनाक उल्कापिण्डले पृथ्वीलाई हान्ने अवसर भने एकदमै कम रहेको नासाको भनाइ छ । 

किनभने विगतमा पनि सोही प्रकृतिका उल्कापिण्डको हनाइसँग पृथ्वीमा महत्वपूर्ण विनाश भएको हुनसक्ने वैज्ञानिकहरुको भनाइ छ । सोही कारण मानिसहरुले त्यस्तो घटना नदोहोरियोस् भनेर विभिन्न अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्दै आएका छन् । 

अर्को महिनाको सुरुमा नै आउने भनिएको उल्कापिण्ड ६७ हजार किमि प्रतिघण्टाको दूरीमा आउने भए पनि पृथ्वीलाई नछुने भएकाले तत्कालका लागि खतरा टरेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै