• २०८१ बैशाख ६ बिहीबार

कृषि बैंकको रक्तदान कार्यक्रममा ९५ जनाले गरे रक्तदान

kharibot

काठमाडौं ।  कृषि विकास बैँकले ५१औँ वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैँकको ५१औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको आगामी ७ गते वार्षिकोत्सव रहेको छ । 

कृषि विकास बैंक कर्मचारी संघ, नेपाल मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकको मुख्य कार्यालयस्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट, विशिष्ट अतिथि कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला रहेका थिए ।

कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक कर्मचारी संघ मुख्य कार्यालय समिति अध्यक्ष नरहरी दुलालले गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा कर्मचारी लगायत ९५ जनाले रक्तदान गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै