• २०८१ बैशाख ११ मंगलबार

एलेक्सिस सान्चेज म्यानचेस्टर युनाइटेड जाने पक्का, एडिडासले बेच्न थाल्यो जर्सी  

kharibot

काठमाडौँ ।  आर्सनलबाट खेल्ने चिलियन स्ट्राइकर एलेक्सिस सान्चेज अन्तत म्यानचेस्टर युनाइटेड जाने भएका छन् । म्यान्चेस्टर सिटी जाने लगभग तय भएको अवस्थामा युनाइटेड आगाडी आएपछि सिटी पछाडी हटेको थियो । सान्चेज युनाइटेड जानेबारे युनाइटेडले आजै आधिकारिक घोषणा गर्ने बताइएको छ । 

एडिडासले सान्चेजको नाममा जर्सी प्रिन्ट गरेर लन्डनस्थित आफ्नो स्टोरमा बिक्रिका लागि राखिसकेकाले पनि सान्चेज युनाइटेड जाने पक्का भएको बताइएको छ । युनाइटेडमा सान्चेजले यस अघि डेभिड बेहकम, क्रिस्टियानो रोनाल्डोले लगाएको जर्सी नम्बर ७ लगाउने पनि एडिडासले बिक्रिका लागि राखेको जर्सीमा प्रिन्ट गरिएको छ । युनाइटेडका फ्यानहरुले जर्सी किन्न थालिसकेको डेलिमेलले उल्लेख गरेको छ ।

युनाइटेडले सान्चेजलाई भित्राउन आफ्ना मिडफिल्डर हेनरिक मखितारयनलाई आर्सनल पठाउने तय भएको छ । युनाइटेले हेनरिकका लावा आर्सनललाई ३५ मिलियन पाउण्ड दिने सहमति भएको डेली मेलले उल्लेख गरेको छ ।

साथै सान्चेजले युनाइटेडमा ४ लाख ५० हजार पाउण्ड प्रतिसाता पारिश्रमिक पाउने गरी सम्झौता भएको बताइएको छ । उनि युनाइटेडमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बन्दैछन् । 
२०१४ मा बार्सिलोनाबाट आर्सनल आएका सान्चेजले आर्सनलमा कुल १६५ खेल खेलेका छन् भने ८० गोल गरेका छन् । यस अघि बार्सिलोनामा १४१ खेल खेल्दै ४७ गोल गरेका सान्चेजले आफ्नो राष्ट्रिय टिम चिलीका लागि अहिलेसम्म ११९ खेल खेल्दै ३९ गोल गरेका छन् ।

आर्सनलमा हुँदा सान्चेजले दुई एफए कप र एक कम्युनिटी सिल्ड जितेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै