• २०८१ बैशाख १२ बुधबार

महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङ बिच सम्झौता : ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने

kharibot

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रा. लि. संग सम्झौता गरेको छ । 

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ । 

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।  

        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै