• २०८१ बैशाख ७ शुक्रबार

विज्ञानका मान्यता वैदिक संस्कृतिमा आधारित

kharibot

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न कालखण्डमा ऋषिमुनिले विकास गरेको पूर्वीय दर्शन र मान्यताका आधारमा बनेका परम्परा र संस्कृतिले विश्व समुदायलाई आकर्षित गरिरहेको बताएका छन् । 

‘रिभो साइन्स’ नामक पत्रिकाले आज यहाँ आयोजना गरेको ‘विज्ञान र संस्कृति’ अन्तरक्रिया कार्यक्रममा उनले संस्कृतिले समाजको सबै जाति समुदायका अध्ययन तथा अनुसन्धानलाई सहयोग पुर्याउने बताउँदै कुनै कथा तथा कुनै धार्मिक मान्यतासँग संस्कृति जोडिने बताए । 

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले लोपोन्मुख बन्दै गएका चेपाङ, कुसुण्डालगायत जातिका भाषाको संरक्षणका लागि प्रयास भइरहेको जानकारी दिए । 

प्रा डा उदयराज खनाल, प्रा सुरेशराज चालिसे र डा लक्ष्मी खतिवडाले विज्ञानका मान्यता पनि वैदिक संस्कृतिमा आधारित रहेको बताए । नेपाल विज्ञान प्रज्ञा–प्रतिष्ठानका सचिव बुद्धिरत्न खड्गी, धार्मिक ज्ञाता खेमचन्द्र ढकाल, पत्रिकाका सम्पादक लक्ष्मण डंगोललगायतले देशको इतिहास, परम्परा र संस्कृतिको अध्ययनपछि मुलुकका समृद्धिका लागि विभिन्न दृष्टिकोण निर्माण गर्न सकिने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै