• २०८१ बैशाख ७ शुक्रबार

अतिरिक्त समय इजलास सञ्चालन गर्दा मुद्दा फछ्र्यौटमा प्रगति

kharibot

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको चाप कम गर्न अतिरिक्त समय इजलास सञ्चालन गर्दा सन्तोषजनक प्रगति भएकोे छ । 

अतिरिक्त समय इजलास सञ्चालन गर्दा पछिल्लो दुई महिनामा कूल दुई हजार १९० मुद्दा फछ्र्यौट भएको हो । 

मंसिरमा प्रतिन्यायाधीश ५४ र जम्मा एक हजार ८४ मुद्दा फछ्र्यौट भएको छ । पुस महिनामा प्रतिन्यायाधीश ५६ र जम्मा एक हजार १०६ मुद्दा फछ्र्यौट भएको छ । 

लामो सयमदेखि मुद्दाको चाप कम गर्ने उद्देश्यले सर्वोच्च अदालत नियमावलीमा अतिरिक्त समयमा इजलास सञ्चालन गर्न सकिने व्यवस्था समावेश गरेर गत मंसिर १ गतेदेखि अतिरिक्त समयमा इजलास सञ्चालन गरेको थियो । अघिल्लो वर्ष २०७३ मंसिरमा प्रतिन्यायाधीश ४५ र जम्मा ८९६ मुद्दा फछ्र्यौट भएको थियो । गत पुस महिनामा प्रतिन्यायाधीश ४५ र जम्मा ९०२ मुद्दा फछ्र्यौट गरेको थियो । 

त्यसैगरी, २०७२ मंसिरमा प्रतिन्यायाधीश ३७ र जम्मा ७३७ मुद्दा फछ्र्यौट भएको देखिन्छ । विसं ०७२ को पुसमा प्रतिन्यायाधीश ४२ र जम्मा ८४३ मुद्दा फछ्र्यौट भएको थियो । 

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार अदालतको कार्य प्रगति र प्रभावकारिता गणितीय ढंगले मुद्दाको फछ्र्यौट संख्यामा मात्र निर्धारण गर्न मिल्दैन । तर दुई महिनामा राम्रो मुद्दाको फछ्र्यौट भएको छ । चालु आर्थिक वर्षको मंसिर÷पुसमा पाँच वर्ष नाघेका मुद्दा ३२२ थान र दुई वर्ष नाघेका एक हजार १०४ मुद्दा फछ्र्यौट भएको छ । 

अदालतले अतिरिक्त समयमा इजलास सञ्चालन गर्नुका साथै मुद्दाको छिटो फछ्र्यौट गर्नका लागि समान प्रकृतिका मुद्दा एकसाथ सुनुवाइ गरिने गरी सामूहिक सुनुवाइसमेत शुरु गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै