बजेट पास नहुदा अमेरिकामा संघीय सरकारका कार्यलय बन्द, ८ लाख कर्मचारी प्रभावित 

खरीबोट

वाशिंटन । अमेरिका नयाँ बजेट पास नहुदा कतिपय संघीय कार्यालय बन्द हुने प्रक्रिया सुरु भएको छ । 

बजेटका बारेमा अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा बजेटका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । रिपब्लिकन पाँच सिनेटरले बजेटको विपक्षमा उभिएका थिए भने पाँच डेमोक्रयाट् सिनेटरले पक्षमा मतदान गरेका थिए । बजेट पारितका लागि ६० सिनेटरले सर्मथन गर्नुपर्दछ । यसअघि बिहिबार भने तल्लो सदन ‘हाउस’ले बजेटलाई पारित गरेको थियो ।

हालको बजेटको म्याद शनिबारसम्म मात्र भएकोले बजेट पास नभए खर्चको अभावमा कैयौ सरकारी कर्मचारीलाई केहि दिनका लागि छुट्टी दिनुपर्ने अवस्था आएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । छोटो समयको लागि प्रस्तावित बजेट, आगामी फ्रेबुअरी १६ तारिख सम्मको लागि मात्र थियो ।

प्रवासीहरुलाई अमेरिकाबाट निकाल्ने विवाद बढेपछि यसको असर बजेटमा परेको छ । डेमोक्रेटहरुले ७ लाख भन्दा बढी प्रवासीहरुलाई आवश्यक कागजात नभएपनि अमेरिकामा नै बस्न दिनु पर्ने बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बरमा प्रवासहरुलाई निकाल्ने घोषणा गरेका थिए । यद्यपी अमेरिकी कांग्रेससँग यसको विकल्प खोज्न मार्च सम्मको समय रहेको बताइएको छ ।

आप्रबासी एजेण्डाबारे बहस भईरहेकै बेला, गत साता राष्ट्रपति ट्रम्पले हैटी, अफ्रिका लगायतका देशबाट आप्रबासी ल्याईएको बिषयमा आपत्तीजनक शब्दले आलोचना गरेपछि, डेमोक्रयाटिक पार्टीका सिनेटर एवम कंग्रेसम्यानहरु ट्रम्प प्रति रिसाएका थिए ।

बजेट पास नभएपछि २१ लाखको हाराहारीमा रहेका संघीय सरकारका कर्मचारीहरु मध्ये करिब ३० प्रतिशत प्रभावित हुनेछन । जसमा अमेरिकी सेना पनि समावेश छ । यस अघि सन २०१३ मा सरकार बन्द हुदाँ, करिब आठ लाख कर्मचारी तलबको अभावमा १६ दिनका लागि कर्मचारीलाई छुट्टी दिइएको थियो । 

यस्तो अवस्थामा आधा आधी डिर्पामेन्टहरु काम गर्न असमर्थ हुने बताईएपनि अत्यावश्यक सेवा मानिने सुरक्षा, हवाई ट्राफिक, हुलाक, स्वास्थ्य सेवा, संकटकालीन उद्वार सेवाहरु भने सुचारु हुने गर्दछन् ।
 

सम्बन्धित समाचार

अमेरिका–जापान व्यापार सम्झौता नमुना हुन्छ :  पेन्स

जापान । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग

कुन देशसँग कति सुपरकम्प्युटर ? अमेरिकाले पुनः उछिन्यो चीनलाई 

विश्वका अत्यन्त शक्तिशाली सुपरकम्प्युटरहरुको सूचीमा अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको छ । पहिलो र दोस्रो स्थान कब्जा गर्दै अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको हो ।  उच्च ५०० त्यस्ता कम्प्युटरको सूची पछिल्लोपटक

अमेरिकाको क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो

अमेरिका । अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय

अमेरिकाको फ्लोरिडामा पुनः मतगणना, तनाव सिर्जना

अमेरिका । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको सिनेट र गभर्नरको मतगणनाको नतिजा सार्वजनिक भए पनि यहाँ पुनः मतगणना जारी छ । अमेरिकी मध्यावधि निर्वाचनमा निकै महत्वका साथ हेरिएको फ्लोरिडाको चुनावमा धाँधली


z