अस्थायी मुकामलाई लिएर आन्दोलन गर्नु अनुचित – वरिष्ठ नेता खनाल

खरीबोट
ad

काठमाडौँ ।  नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताएका छन्  । 

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले भने– अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले यो बारेमा आफैँले निर्णय गर्नेछ, यद्यपि प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पुर्याएन । 

प्रदेश प्रमुख वर्तमान सरकारले नै नियुक्ति गर्ने हो, नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौँ, अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेश प्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णय गर्नेछ, उनले  भने । 

लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्व पंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपति जस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुनेछ भन्दै वरिष्ठ नेता खनालले भने– पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु, जे जिम्मेवारी दिए पनि पालना गर्न सक्छु, जिम्मेवारी मबाट शिरोधार्य हुनेछ । 

आगामी फागुनको दोस्रो साता एमालेको नेतृत्वमा गठन हुने सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक गर्ने र जनजनमा पु¥याएर दिगो बनाउने, मुलुकको सार्वभौमसत्ता र अखण्डताको सुदृढीकरण गर्ने, सामाजिक आर्थिक रुपान्तरणलाई तीव्र तुल्याउने, विविधतायुक्त वैभवलाई विकास गरी समृद्ध गर्ने र अन्तरराष्ट्रिय जगत्सँगको सम्बन्धलाई सुदृढ तुल्याउने कामलाई प्राथमिकतामा राखेर काम गर्नेछ – उनले भने । 

मुलुकबाट बेरोजगारी, गरिबी, अविकास, रोगब्याधी, निरक्षरतालाई उन्मूलन गर्नु आगामी सरकारका लागि अवसर र चुनौती रहेको बताउँदै वरिष्ठ नेता खनालले समृद्ध र खुशी नेपालको लक्ष्य हासिल गर्ने ढंगले आगामी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । 

सम्बन्धित समाचार

प्रचण्ड र मुख्यमन्त्री राउतबीच जुहारी : केन्द्रको हुङ्कार र प्रदेशको पिडा    

काठमाडौँ। मंगलबार जनकपुरधाममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबिछ जुहारी नै चल्यो।   राजनीतिक रुपमा यस्ता जुहारी हरेक दिन चल्ने भए पनि संघीय सरकारका

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रचण्डको चेतावनी 

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन्।  प्रदेश-२ को सदनबाट हालै पारित प्रदेश प्रहरी

प्रदेश कमिटी गठनको निर्णयमा परिवर्तन नगर्ने नेकपा सचिवालयको निर्णय 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अघिल्लो सचिवालय बैठकको निर्णयमा परिवर्तन नगर्ने भएको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटी गठनको निर्णयमा परिवर्तन नगर्ने भएको हो । यसअघि बसेको

जनस्वास्थ्य कर्णाली प्रदेश सरकारको प्राथमिकतामा

सल्यान /  कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन  ।  सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आज उद्घाटन गर्दै


z