• २०८१ बैशाख ६ बिहीबार

ला लिगामा भ्यालेन्सियाको हार र एथलेटिको बराबरीपछि बार्सिलोनालाई पुग्यो फाइदा 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको म्याड्रिड बराबरी र भ्यालेन्सियाले हार बेहोरेको छ । 

गएराती भएको खेलमा एथलेटिको म्याड्रिड गिरोनासँग १-१ गोलको बराबरीमा रोकियो भने भ्यालेन्सिया लस पल्माससँग २-१ गोल अन्तरले पराजित भएको छ ।  दोस्रो र तेस्रो स्थानमा रहेका दुई टिमले तीन अंक जोड्न असफल भएपछियसको फाइदा सिधै बार्सिलोनालाई भएको छ ।

एक खेल कम खेलेको बार्सिलोना एथलेटिको भन्दा ८ अंकले अगाडी रहेको छ भने भ्यालेसियाभन्दा ११ अंकले अगाडी रहेको छ ।

गएराती भएको खेलमा एथलेटिकोले एन्टोनी ग्रीजम्यानको गोलमा खेलको ३४औ मिनेटमा सुरुवाती अग्रता लिएपनि गिरोनाले खेलको ७३औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । ग्रीजम्यानले डिएगो कोस्टाको पासमा गोल गरेका थिए ।  एथलेटिकोले खेलको ७१औ मीने मा ग्रीजम्यानलाई सब्स्टिच्युट गर्नु उसका लागि महँगो साबित भएको थियो ।

त्यस्तै अर्को खेलमा भ्यालेन्सिया लास पल्माससँगको खेलमा खेलको ५औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि २-१ ले पराजित भएको थियो । सान्ति मिनाको गोलबाट अग्रता लिएको भ्यालेन्सियाले खेलको २०औ मिनेट र ५३औ मिनेटमा गोल खाएको थियो । लस पल्मासका लागि २०औ मिनेटमा जोनाथन भिएरा र ५३औ मिनेटमा कल्लेरीले गोल गरेका थिए ।

ला लिगा अन्तर्गत बार्सिलोना आज राति रियल बेटिससँग खेल्दै छ भने लिगको पाचौ स्थानमा रहेको रियल म्याड्रिड आज राति दिभोर्टिभोसँग खेल्दै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै