• २०८१ बैशाख १४ शुक्रबार

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

kharibot

संखुवासभा । संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर १ को उम्लिङमा एकै घरका ६ जनाको हत्या भएको छ ।

अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए ।

हत्या गरिएकामा ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी ८० वर्षीया आमा, ५६ वर्षीय श्रीमती, २८ वर्षीया बुहारी, १० वर्षीय नाति र ५ वर्षीया नातिनीको हत्या भएको इलाका प्रहरी कार्यालय चैनपुरले खरीबोटलाई जानकारी दिएको छ ।

घटनाको थप विवरण बुझ्न प्रहरी घटनास्थलमा केहि संख्यामा पुगेको र अर्को टोली जानेक्रममा रहेको प्रहरीले बताएको छ  । घटनास्थल चैनपुरबाट करिब ६० किलोमिटर टाढा रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै