लियोनसँग हार्यो पिएसजी, डानी आल्भेजले पाए रातो कार्ड 

खरीबोट
ad

काठमाडौँ । फ्रेन्च लिगको शिर्ष स्थानामा रहेको पिएसजी दोस्रो स्थानमा रहेको लियोनसँग पराजित भएको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा गएराती लियोनले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-१ गोल को बराबरीको अवस्थामा रहेको बेला लियोनका मेम्फिस डिपेले इन्जुरी समयमा गोल गर्दै लियोनलाई जिताएका थिए । 

खेलको ५७औ मिनेटमा रेफ्रीसँग विवाद गरेर सिधै रातो कार्ड पाएपछि पिएस्जिका डानी आल्भेजले मैदान छोडेपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । त्यस्तै यस खेलमा पिएसजीका किलियन एम्बाप्पे खेलको ३५औ मिनेटमा लियोनका गोल किपरसँग जुधेपछि घाइते भएर मैदान छोडेका थिए । 

यसअघी खेलको दोस्रो मिनेटमा नै लियोनका नबिल फेकिरले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा गोल पिएसजीका लागि लेविन कुर्जावाले गोल गर्दै खेल बराबरी गरेका थिए । 

पिएसजीले यस खेलमा खेलको दोस्रो मिनेटमा गोल खादै सन् २००७ पछि लिग वानमा सबै भन्दा छिटो गोल पहिलो पटक गोल खाएको छ । 
  
 

सम्बन्धित समाचार

पिएसजीको जितमा एम्बाप्पेको ४ गोल, बनाए यस्तो रेकर्ड 

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले लगातार नवौ खेलमा जित हासिल गरेको छ।  गएराती भएको खेलमा पिएसजीले लियोनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।  पिएसजीको जितमा किलियन एम्बाप्पेले ४ गोल गरेका थिए

पिएसजीको जितमा नेइमारको ह्याट्रिक

काठमाडौँ।  च्याम्पियन्स लिगमा पिएसजीले सर्बियाको क्लब रेड स्टारविरुद्ध फर्किलो जित हासिल गरेको छ।  गएराती भएको खेलमा पिएसजीले रेड स्टारविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको छ।  पिएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका

पिएसजीको जितमा नेइमारको २ गोल

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले लगातार आठौ जित हासिल गरेको छ। गएराती भएको खेलमा पिएसजीले निसलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगमा लगातार आठौ जित  गरेको हो।  पिएसजीको जितमा नेइमारले २

प्रतिष्पर्धात्मक खेलमा पिएसजीविरुद्ध फिर्मिनोले लिभरपुललाई जिताए 

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पिएसजीलाई पराजित गरेको छ।  गएराती भएको खेलमा लिभरपुलले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।      पिएसजीको जितमा रोबोर्ट फिर्मिनोले खेलको अन्तिम मिनेटमा गोल गर्दै


z