• २०८१ बैशाख ११ मंगलबार

लियोनसँग हार्यो पिएसजी, डानी आल्भेजले पाए रातो कार्ड 

kharibot

काठमाडौँ । फ्रेन्च लिगको शिर्ष स्थानामा रहेको पिएसजी दोस्रो स्थानमा रहेको लियोनसँग पराजित भएको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा गएराती लियोनले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-१ गोल को बराबरीको अवस्थामा रहेको बेला लियोनका मेम्फिस डिपेले इन्जुरी समयमा गोल गर्दै लियोनलाई जिताएका थिए । 

खेलको ५७औ मिनेटमा रेफ्रीसँग विवाद गरेर सिधै रातो कार्ड पाएपछि पिएस्जिका डानी आल्भेजले मैदान छोडेपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । त्यस्तै यस खेलमा पिएसजीका किलियन एम्बाप्पे खेलको ३५औ मिनेटमा लियोनका गोल किपरसँग जुधेपछि घाइते भएर मैदान छोडेका थिए । 

यसअघी खेलको दोस्रो मिनेटमा नै लियोनका नबिल फेकिरले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा गोल पिएसजीका लागि लेविन कुर्जावाले गोल गर्दै खेल बराबरी गरेका थिए । 

पिएसजीले यस खेलमा खेलको दोस्रो मिनेटमा गोल खादै सन् २००७ पछि लिग वानमा सबै भन्दा छिटो गोल पहिलो पटक गोल खाएको छ । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै