अमेरिकामा नेपालीको हत्या

खरीबोट
ad

वाशिङटन डिसी ।  अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । 

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ ।

उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए । 

सम्बन्धित समाचार

पत्रकार खशोग्जीको हत्या सुनियोजित भएको टर्कीको दावी

अङ्कारा, टर्की। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका

मापसे गरेर श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुर /  विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया

निर्मला हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

काठमाडौँ। निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी

दुई नावालक छोराको हत्यापछि आत्महत्या

बारा। बारामा ३२ बर्षिय बाबुले दुई नावालक छोराको हत्या गरी आँफुले आत्महत्या गरेका छन् । जीतपुरसिमरा उप–महानगरपालिका ४ औराहा बस्ने ३२ बर्षिय सुरेन्द्र रामले आफ्ना दुई नावालक छोराहरु पाँच वर्षिय सुविन


z