काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्माण व्यवसायही महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य शुटरलाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार गौचनमाथि गोली हान्ने श्यामबहादुर गोम्बे पक्राउ परेका हुन् ।
गत असोज २३ मा आफ्नै घरबाट निस्केको केही बेरमा गौचनमाथि गोली प्रहार गरिएको थियो । गौचनलाई गोली हान्ने गोम्बे पक्राउ परे पनि अर्को एक जना शुटर अमरबहादुर राणा भने अझै पक्राउ पर्नसकेका छैनन् ।
प्रहरीले यसअघि नै हत्याको योजना बनाउने समिरमान सिंह बस्नेतसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।
यस्तै गत पुस ४ गते रुपन्देही, देवदह खैरहनीमा दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेको घटनामा समेत गोम्बेको प्रत्यक्ष रुपमा संलग्नता भएको सीआईबीले जनाएको छ ।