यस्तो छ म्यानचेस्टर युनाइटेडमा जर्सी नम्बर ७ को लिगेसी, सफल होलान् त सान्चेज ? 

खरीबोट
ad

काठमाडौँ । म्यानचेस्टर युनाइटेडमा जर्सी नम्बर ७ को विशेष महत्व रहेको छ । विश्वकै ठुलो क्लबमा खेल्ने कुनै पनि फुटबल खेलाडीको सपना नै हुने गर्दछ । विश्वको सबै भन्दा धेरै कमाई गर्ने फुटबल क्लब म्यानचेस्टर युनाइटेडले पछिल्ला बर्षहरुमा सोचेजस्तो प्रदर्शन नगरेपनि क्लबका प्रत्येक विषय विश्वभर समाचारका हेडलाइन बन्ने गर्दछन् । 

हालै युनाइटेडले आर्सनलबाट चिलीका स्ट्राइकर एलेक्सिस सान्चेजलाई भित्राएको छ । युनाइटेडमा सर्वाधिक पारिश्रमिक पाउने गरी आएका सान्चेज जर्सी नम्बर ७ का कारणले पनि चर्चामा रहेका छन् । युनाइटेडमा जर्सी नम्बर ७ लगाएका खेलाडीहरु  जर्ज बेस्ट, इरिक कान्टोना, डेभिड बेकहम, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीहरुले क्लबमा छोडेको लिगेसीका कारण अहिले सान्चेजलाई दबाब बढेको छ ।

युनाइटेडमा जर्सी नम्बर ७ को कुरा गर्दा सबै भन्दा अगाडी जर्ज बेस्टको नाम आउछ । बेस्ट प्रिमिय्र्ल इग्मा ६ पटक लगातार धेरै गोल गर्ने खेलाडी बनेका थिए । स्वर्गीय बेस्टले युनाइटेडका लागि १९६३ देखि १९७४ सम्म खेलेका थिए । उनले युनाइटेडमा ३६१ खेल खेल्दै कुल १३७ गोल गरेका थिए । उत्तरी आयरल्याण्डका बेस्ट युनाइटेडलाई दुई लिग उपाधि, एक युरोपियन कप जिताएका थिए ।

युनाइटेडमा जर्सी नम्बर ७ को कुरा गर्दा अर्का चर्चित फुटबलर इरिक कन्टानाको नाम आउछ । कन्टानाले युनाइटेडमा सन् १९९२ देखि १९९७ सम्म १४३ खेल खेल्दै ६४ गोल गरेका थिए । युनाइटेडमा हुँदा उनको चर्चित कम्फु काण्ड लिगको इतिहासमा अहिले पनि चर्चित छ । उनलाई रातो कार्ड पाएर टनेलमा जाँदै गर्दा फ्यानले गाली गरेपछि फ्यानलाई कम्फु स्टाइलमा किक हानेपछि उनलाई जेल जाने सजाय सुनाइएको थियो । पछि उनको अपिललाई स्वीकार गर्दै १२० घन्टाको सामाजिक सेवा गर्ने सजाय सुनाइएको थियो ।

युनाइटेडमा जर्सी नम्बर ७ लाई अझ चर्चित बनाउने श्रेय इङल्याण्डका खेलाडी डेभिड बेकहमलाई जान छ । फुटबलमा उनको फ्रिकिक स्किल र व्यक्तिगत प्रभावका कारण बेकहम इराले युनाइटेडलाई जर्सी नम्बर ७ को महत्व झन् बढायो । बेकहमले युनाइटेडमा सन् १९९२ देखि २००३ सम्म २६५ खेल खेल्दै ६२ गोल गरेका थिए । युनाइटेडमा बेकहमले ६ प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग उपाधि, २ एफए कप उपाधि, २ कम्युनिटी सिल्ड, एक इन्टरकन्टिनेन्टल कपको उपाधि जितेका थिए ।

बेकहम पछि युनाइटेडमा जर्सी नम्बर ७ मा देखा परे पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले बेकहमको जर्सी नम्बर ७ को लिगेसीलाई कायम मात्र राखेनन् यसलाई झन् उचाईमा पुर्याए । रोनाल्डोले युनाइटेडमा २००३ देखि २००९ सम्म १९६ खेल खेल्दै ८४ गोल गरेका थिए । रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट बेलुन डो अर जित्ने पहिलो खेलाडी हुन् । उनले युनाइटेडबाट तीन पटक प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिग, एक पटक एफए कप, दुई पटक लिग कप, एक पटक कम्युनिटी सिल्ड र एक पटक क्लब विश्वकपको उपाधि जितेका छन् । त्यति मात्रै होइन रोनाल्डो २००९ मा विश्वको सबै भन्दा महँगो खेलाडी हुदै रियल म्याड्रिड गएका थिए ।

युनाइटेडको जर्सी नम्बर ७ मा रोनाल्डो पछि माइकल ओवेन, एन्टोनियो भ्यालेन्सिया, एंगल डी मारिया, मेम्फिस डिपे जस्ता खेलाडीले खेले तर उनीहरुले कान्टोना, बेकहम, रोनाल्डोको उचाई प्राप्त भने गर्न सकेनन् । 

अहिले यहि लिगेसी बोकेको जर्सी नम्बर ७ एलेक्सिस सान्चेजले लगाउने भएका छन् । २०१४ मा बार्सिलोनाबाट आर्सनल आएका सान्चेजले आर्सनलमा कुल १६५ खेल खेलेका छन् भने ८० गोल गरेका छन् । यस अघि बार्सिलोनामा १४१ खेल खेल्दै ४७ गोल गरेका सान्चेजले आफ्नो राष्ट्रिय टिम चिलीका लागि अहिलेसम्म ११९ खेल खेल्दै ३९ गोल गरेका छन् । सान्चेजले युनाइटेडको जर्सी नम्बर ७ को लिगेसी कति राख्छन् त्यो आगामी दिनमा नै थाहा हुनेछ ।       
 

सम्बन्धित समाचार

चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए

काठमाडौँ।  इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य

न्युक्यासलमाथि म्यानचेस्टर युनाइटेडको शानदार कमम्याक, साञ्चेजले गरे निर्णायक गोल

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि सनसनीपूर्ण जित हासिल गरेको छ। गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेडले २-० पछि परेको खेललाई उल्टाउदै ३-२ को जित निकालेको छ।  म्यानचेस्टर युनाइटेडको जितमा

वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामसँग लज्जास्पद हार बेहोरेको छ। शनिबार भएको खेलमा वेस्ट ह्यामले युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । आफ्नो घरेलु मैदानमा वेस्टह्यामले जित निकाल्ने क्रममा

प्रशिक्षणका क्रममा पोग्वा र मोरिन्होको झगडा बाहिरियो (भिडियो सहित)

काठमाडौँ।  म्यानचेस्टर युनाइटेडका म्यानेजर जोसे मोरिन्हो र प्लेमेकर पाउल पोग्वाबीचको सम्बन्ध दिनप्रतिदिन बिग्रिदै गएको छ। दुवैले एकअर्का लाई आरोप लगाइरहेको मिडिया रिपोर्ट बाहिर आइरहेको बेला पोग्वा र मोरिन्होबीच सम्बन्ध राम्रो


z